छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित पक्राउ

गाडि चालकमाथि अनुसन्धान जारी

काठमाडौं,फागुन २२ । मकवानपुर प्रहरीले जिपमा लुकाई भारततर्फ लागु औषध लैजाने क्रममा दुई जनालाई पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका–८ स्थित प्रहरी पोष्टमा चेकिङ गर्ने क्रममा शनिवार उनीहरु पक्राउ परेका हुन ।

प्रहरीका अनुसार काठमाडौंबाट रक्सौलतर्फ जाँदै गरेको भारतीय प्लेट नम्बरको जिप चेकजाँच गर्ने क्रममा छत मुनि फल्स बटम बनाई लुकाई छिपाई ल्याएको करिब ५ पिलो लागू औषध चरेश फेला पारेपछि गाडिका चालक भारत मोतिहारी–३४ बस्ने ३० बर्षीय मेराज साह र सोही गाडीमा सवार २६ बर्षीय मिथलेश सहनीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

त्यसैगरि भोक्राह–६ सुनसरी खोलाको पुल स्थित महेन्द्र राजमार्गमा पूर्वतर्फ आउँदै गरेको बा १४ च २०५ नम्बरको कार चेकजाँच गर्ने क्रममा कारको पछाडी डिक्कीमा लागू औषध कोरेक्स ४५ बोतल र नाईट्रोसन ४०० ट्याब्लेट प्रहरी फेला परेको बताएको छ ।

उक्त गाडिका चालक धरान उपमहानगरपालिका–१ का ३१ बर्षीय गणेश भुजेललाई प्रहरीले शनिबार पक्राउ गरेको गरि घटनाका सम्बन्धम आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।