कैलालीमा नयाँ शक्ति विद्यार्थीको ‘अछाम कैलाली टिकापुर सम्पर्क मञ्च’ गठन

संयोजकमा बालाराम ढकाल 

काठमाडौँ,फागुन २२ । नयाँ शक्ति विद्यार्थी युनियनले ‘अछाम कैलाली टिकापुर सम्पर्क मञ्च’ गठन गरेको छ । हिजो कैलालीको टिकापुरमा बसेको नयाँ शक्ति विद्यार्थी युनियनको बैठकले ‘अछाम कैलाली टिकापुर सम्पर्क मञ्च’ समिति गठन गरेको हो ।

उक्त समितिले बालाराम ढकालको संयोजकत्त्व २३ सदस्यीय सम्पर्क समिति गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा बम बिष्ट ,सचिवमा जिवन बिष्ट ,सह सचिवमा राजेन्द्र भण्डारी, कोषाध्यक्षमा मन्जु न्यौपाने रहेका छन । त्यसैगरि सदस्यहरुमा पुष्पराज ढकाल,सागर बिष्ट,नेत्र अधिकारी, शान्ति उपाध्याय , सलिना साउद,निकिता कुँवर, राजन बिष्ट, राम प्रसाद जैसी,लक्ष्मी ढुङ्गाना, सुरेन्द्र जैसी,अक्कल शर्मा,नविन भण्डारी,मोहन खत्री,शिद्दराज ढकाल,बाबु अधिकरी लगाएत चयन भएका छन ।

नव गठित समितिका संयोजक ढकालले हरपल नेपालसँग कुराकानी गर्दै भने–‘राष्ट्रलाइ आर्थिक निकास दिन युवा विद्यार्थीको अहम भुमिका रहने ,राजनीतिलार्इ सबै विद्यार्थीले बुझ्न जरुरी रहेको छ । त्यसका साथै विद्यार्थीको समस्याको समाधान गर्न,विभिन्न रचनात्मक विकासका कुराहरूमा जोड दिने,नयाँ विद्यार्थीहरुलाइ स्वागत गर्ने,विद्यार्थी एकता कायम राख्न तथा आपसी सद्भावना कायम राख्न सङ्गठनले ठूलो भुमिका खेल्ने विश्वास गरिएको छ । समृद्धिको अभियानमा सम्पुर्ण युवा विद्यार्थीलाई साथ दिन आवश्यक रहेको र अहिलेसम्मको कुनै पनि आन्दोलन विद्यार्थी बिना सम्भब देखएको छैन तसर्थ नयाँ शक्तिले उठाएको आर्थिक क्रान्तिमा पनि सबै विद्यार्थीहरु एकजुट बनाएर सँगसँगै ुिुलनुपर्ने आवश्यक रहेको छ ।’

उनले विभिन्न विद्यार्थी संगठन परित्याग गरि नयाँ शक्ति विद्यार्थी युनियनमा दर्जनभन्दा बढि विद्यार्थीहरु प्रवेश गरेको र युवाको जोश,जाँगर र प्रतिबद्धता देख्दा देशले समयमै निकास पाउने कुरामा आफ् विश्वस्त रहेको बताए ।

बैठकमा बिभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा राष्ट्रिय युवा अभियानका कन्द्रीय सदस्य उमेश बटाला,कैलाली सचिवालय सदस्य तथा नगर संयोजक हरि तिमिल्सिना ,विद्यार्थी युनियन केन्द्रीय सदस्य मान बहादर बटाला लगायत नयाँ शक्ति निकटका विद्यार्थी,शिक्षक,युवा अभियान्ताहरुले मन्तब्य राखेका थिए।