बैद्य माओवादी निकटको जनसाँस्कृतिक महासंघको राष्ट्रिय भेला सम्पन्न

अध्यक्षमा इश्वरचन्द्र ज्ञावाली निर्वाचित

काठमाडौं,फागुन २१। नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल नेपाल जनसाँस्कृतिक महासंघको राष्ट्रिय भेला काठमार्डौमा सम्पन्न भएको छ । दुई निनसम्म चलेको उक्त भेलाले इश्वरचन्द्र ज्ञावालीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको माओवादीले जनाएको छ ।

शुक्रबारबाट सुरु भएको उक्त भेलाले महासंघको उपाध्यक्षमा प्रा.डा. जगदिशचन्द्र भण्डारी र रोशन जनकपुरीलाई चयन गरेको छ भने महासचिवमा हिरामणि दुःखी लमई चयन गरेको जनाइएको छ । त्यसैगरी महासंघको सचिवमा तीन जनालाई चयन गरिएको छ । सचिवमा मित्रलाल पंगेनी, मोदनाथ मरहट्टा, गौरी दाहाल र कोषाध्यक्षमा मनोहर लामिछाने छानिएको माओवादीले जनाएको छ ।

इच्छुक साँस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भेलाले महासंघको केन्द्रीय सदस्यहरुमा क्रमशः प्रा.डा. ताराकान्त पाण्डे (काठमाडौं) प्रा.डा. नन्दीश अधिकारी (काठमाडौं), स्माली काठमाडौं), राजबहादुर कुँवर (जुम्ला), आदर्श राई (ओखलढुंगा), असल पाख्रिन (काभ्रे), विजयराज आचार्य (ललितपुर), गोपाल वैद्य (बाँके), परशुराम कोइराला (स्याङ्जा), सुशिला थापा (कास्की), अनिल श्रेष्ठ (तनहुँ), खगेश्वर भण्डारी (दाङ), चित्रबहादुर थारु (कैलाली), रविकिरण निर्जीव (चितवन), इश्वरी ओझा (चितवन), प्रतिक लामा (काभ्रे), चन्द्रा थानी (सुर्खेत), उत्तरकुमार राई (खोटाङ), दुर्गा काफ्ले (कालिकोट), पेमा लामा (सुनसरी), पूर्णबहादुर अधिकारी (चितवन), अनिश योञ्जन (काभ्रे), जय दाहाल (काठमाडौं), रामचन्द्र हुमागाईं (काठमाडौं), श्रीकृष्ण सुलु (भक्तपुर), विवि राई (इलाम), अर्जुन ढकाल (तनहुँ), आशिस सुनुवार (काठमाडौं), विमला चन्द (कंचनपुर), विष्णु न्यौपाने (काठमाडौं), शुशिल राई (ओखलढुंगा), बसन्त उप्रती (काठमाडौं), चेतन गोतामे (स्याङ्जा) लगायतलमई छनोट गरेको छ ।

भेला लगत्तै बसेको नयाँ कार्यसमितिको बैठकले मित्रलाल पंगेनीको नेतृत्वमा ३१ सदस्यीय अखिल नेपाल लेखक संघ गठन गरेको छ भने असल पाख्रिनको नेतृत्वमा २५ सदस्य रहेको अखिल नेपाल जनकलाकार संघ निर्माण गरेको छ । त्यसैगरी बैठकले खगेश्वर भण्डारीको नेतृत्वमा अखिल नेपाल ललित कला संघ र असल पाख्रिनको नेतृत्वमा सामना साँस्कृतिक परिवारको पुनर्गठन गरेको छ ।