सनम थापामगर “मिस नेपाल पिस–२०७३” उपाधि जित्न सफल

काठमाडौँ,फागुन २१। मिस नेपाल पिस २०७३ को उपाधि ललितपुर नर्सिङ क्याम्पसकी सनम थापामगरले जितेकी छन । विश्व मिस पिसमा सहभागिता जनाउनका लागि मिस नेपाल पिसबाट प्रतियोगिता सञ्चालन भएको हो ।

यसैगरी मिस नेपाल पिस २०७३ को फस्ट रनर अपको उपाधि ओम हेल्थ क्याम्पसकी सपना छन्त्यालले हात पारीन भने हेल्दी होम नेपालमा कार्यरत नर्स एरी श्रेष्ठ सेकेन्ड रनरअप हुन सफल भइन । नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनको सहकार्य तथा नेक्स्ट मोडेल्स् नेपालको आयोजनामा भएको सो प्रतियोगितामा अन्तिम २८ प्रतिस्पर्धीलाई पछि पार्दै सनमले उपाधि जित्न सफल भएकी हुन ।

प्रतियोगितामा नेप्कोन्स ब्युटी विथ ब्रेन सनम थापामगर, नोबेल मोस्ट ट्यालेन्ट सपना छन्त्याल, ग्यास्ट्रो बेस्ट पर्सनालिटी एनी चौलागाइँ, लुजा मोस्ट चार्मिङ स्वत लामा गुप्ता, आवरण बेस्ट स्किन सिर्जना डिसी, आवरण बेस्ट हेएर निशा राई, एसएसएम डी बेस्ट नर्सिङ थिम डे«स सविना लामा, पब्लिक प्रेस निरुषा खड्का, क्रिएटिभ मस्ट फोटोजेनिक निशा पाण्डे, बेस्ट वाक सोनम डोल्मा शेर्पा, मोस्ट डिसिप्लिन सुमन सिन्तकला, मस्ट पपुलर एलिसा डंगोल र नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसन सोसिएल्ली रेस्पोन्सिबल रोेजी श्रेष्ठले हात पार्न सफल भएकी हुन ।

नेक्स्ट मोडल्स् नेपालका कार्यकारी प्रमुख रवि धमलाले नर्सको व्यक्तित्व विकासका साथै उनीहरूको कार्यको कदर गर्दै नर्समा भएको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.शीला बर्माले मिस नेपाल पिस प्रतियोगिताले नर्सहरूमा भएको प्रतिभालाई प्रस्फुटन गर्न सहयोग मिल्ने बताइन।

प्रतियोगिताको निर्णायकका रूपमा प्रसूति गृहकी पूर्व निर्देशक डा.शीला बर्मा, वरिष्ठ चलचित्र निर्देशक दीपक श्रेष्ठ, वरिष्ठ फेसन फोटोग्राफर राजभाइ सुवाल, नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनकी अध्यक्ष डा.सुजिता हिराचन, डा. सन्ध्या चापागार्इं र चिकित्सक सङ्घका महासचिव डा. लोचन कार्की थिए ।

प्रतियोगितामा प्रथम हुने नर्सलाई ५० हजार नगद र सम्मानपत्र, फस्ट रनरअपलाई ३० हजार नगदका साथै सम्मानपत्र र सेकेण्ड रनरअप हुनेले २० हजार नगदसहित सम्मानपत्र प्राप्त गरेका छन् । उपाधि जित्ने थापामगरलाई ब्रेस्ट क्यान्सर फाउन्डेसनको गुडविल सद्भावना दूतमा नियुक्त गरिएको छ ।