कक्षा ११ को परीक्षा सर्योः असार १ देखि ११ गतेसम्म सञ्चालन हुने

कक्षा १२ को परीक्षा भने यथावत

भक्तपुर,फागुन २१ । सरकारले आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन गर्ने बताएपछि राष्ट्रिय परीक्षा बार्डले कक्षा ११ को अन्तिम परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा समितिको शुक्रबारको बैठकले परिक्षा सार्ने निर्णय गरेको हो ।

बोर्डको बैठकले २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सार्ने निर्णय गरेको बोर्डका सदस्य–सचिव डिल्ली रिमालले बताएका छन । बोर्डले आगामी वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गर्ने गरी सार्वजनिक गरेको थियो ।

बोर्डले सारेको परीक्षा तालिका अनुसार कक्षा ११ को परिक्षा आगामी असार १ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने बताइएको छ । बोर्डले कक्षा १२ को परीक्षा भने यथावत् नै राख्दै वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गर्ने जनाएको छ ।