‘देशको मुक्तिदाता बनेर फेरी एक पटक युवाशक्ति उदाउँनु पर्छ’

समाज बदल्न युवाहरुको साझाँ अभियान आवश्वयक

युवाहरु अब ज्वालामुखी भएर यो देश बचाउने र बनाउने दुबै जिम्मेवारी पुरा गर्नुपर्ने अवस्था आएको छ । बिदेसिएका र देशैमै केही गरौं भन्ने

लेखक-टिकाराम ओली

सोच भएका युवाको हातमा अब देशलाई बचाउने जिम्मेवारी पनि थपिएको छ । यस विषयमा आम युवाहरुले सोच्नु पर्ने बेला आएको छ । हामी अब कपाल फुलेका भ्रष्टहरुको झोले कार्यकर्ता मात्र बन्ने होइन, भ्रष्टाचार गर्ने सयौं पार्टी र गलत नेतृत्वहरुको आफ्नो आफ्नो पार्टीभित्रैबाट बिनास गर्ने साहश गर्नु पर्दछ ।

यहाँ आजसम्म कस्ले के गर्‍यो ? जनताको नाममा राजनीति गर्ने अनि सत्तामा पुगेर अलिसान महलमा निदाउने प्रवृतिका कारण देशको बिकासको गति लिलाम भएको छ । लाखौं युवा बेरोजगार भएका छन, लाखौं युवा बिदेशी गल्लि भौतारि रहेको अवस्था छ । बिदेशी बजारमा लाखौं दिदीबहिनीको इज्जत लुटिएको छ । यस्तो जटिल अबस्थामा पनि कुर्सीको राजनीतिमा रहेका तानाशाही सासकहरु भने आखा चिम्लेका छन । देशको उनीहरुलाई चिन्ता पटक्कै देखिदैन । मुलुकको यो जटिल अबस्थाको अत्यन्त गर्न अब युवाहरु टुलुटुलु हेरेर हुदैँन र हेर्ने समय पनि यो होइन ।

 

यहाँ आजसम्म कस्ले के गर्‍यो ? जनताको नाममा राजनीति गर्ने अनि सत्तामा पुगेर अलिसान महलमा निदाउने प्रवृतिका कारण देशको बिकासको गति लिलाम भएको छ । लाखौं युवा बेरोजगार भएका छन, लाखौं युवा बिदेशी गल्लि भौतारि रहेको अवस्था छ।

नेपाली जनताहरु,अभाब र हाहाकारमा छट्पटीएर बाँचेका छन,लाखौं कलिला बालबालीक शिक्षाबाट बन्चित भएका छन,,खौं यो देशका लाखौं गरीब किसानहरु औषधि नपाएर अकालमा मरिरहेका छन । यस्तो जटिल अवस्थामा अब युवाहरू निदाउनु हुदैनन्न,त्र नेपाली भूमिले हामीहरुलार्इ सराप दिनेछ । हामी सचेत नेपाली हुनुको अर्थ हुने छैन । राष्टलार्इ भयावको स्थितीबाट मुक्त गराउन युवाहरु नजागि हुदैन । सुनौलो बिहानीको पर्खाइमा बसेका बेरोजगार युवा र बिदेशी बजारमा सुन्दर महल खडा गरिरहेका बिदेशीएका युवा सबै मिलेर अब यो देश बचाउने जिम्मा लिनुपर्छ । पुरानोलाई ताली दिइयो भन्ने हाम्रो ठूलो भुल हुनेछ,पुरानो तानाशाहको अन्त्यपछि जसरी कुर्सि तानासाह शासकहरुले,नेपाल सिद्याउने योजना लादेका छन, देश कसरी लुट्ने भन्ने लाइनमा लागेका छन । हामीले जनताको चहाना र र्इच्छा बिपरित जान्ने सबै पाटी र नेतृत्वको विरोध गर्नसक्नु पर्दछ । राजनीतिलाई सहि दिशामा हिडाउने यो जिम्मेवारी पनि हामी युवाको काधँमा रहेको छ ।

नेपालमा यति बेलाको अवस्थालाई हेर्ने हो भन्ने सबै पार्टी असफल साबित भै सकेका छन । सबैलाई भ्रष्टाचारको भाइरसले आक्रमण गरेको छ । अब त्यो भाइरस नफाली कुनै पनि नेपालीको अधिकार र स्वाभिमानको रक्षा गर्न सक्दैन । त्यसका लागि अब सचेत युवाको पहलमा अधिकारको लागि साझाँ अभियान चलाउनु पर्ने आवश्यकता देखिन्छ । सबै पार्टी र ठाउँ ठाउँमा छरिएर रहेका सचेत नागरिकहरु एक ठाउँमा गोलबन्द भएर देशका लागि, नेपालको राजनीतिक,सामाजिक,आर्थिक रुपान्तरणको लागि संगठित आन्दोलन र दवाब दिनुको हामीसँग विकल्प छैन । अब सबै युवा पंक्तिले त्यतातिर ध्यान दिनु पर्ने देखिन्छ ।

लोकतान्त्रिक व्यवस्थामा पनि हाम्रो अधिकार खोसिनु भनेको नेपालमा लोकतान्त्रिक व्यवस्था पनि तानाशाही भयो भन्ने नै हो,त्यसकारण अब हामीले भष्टाचार बिह्रीनवर्ग बिहीन र समानता सहितको समाज निर्माण गर्दै बैज्ञानिक समाजवादको विकासमा लाग्नु पर्दछ । अब सचेत युवाहरुको पहलमा त्यसको लागि साझाँ युवा दस्ता वा संगठनको निर्माण गर्नुपर्ने देखिन्छ । हामी युवा भनेको देश र समाजको चेतनाको ज्योति बन्नु पर्छ । हामीले गर्ने संघर्ष स्वाभिमान र अधिकारको रुपमा, संघर्षको मैदानबाट देश निर्माण गर्ने अभियानमा जुट्नुपर्छ । समाज रुपान्तरण र स्वाभिमानका लागी संघर्ष गर्ने युवाहरु यो देशका बहादुर हुन,भविष्य निर्माता हुन,त्यी युवको कहिल्यै हार हुँदैन र युवा कहिले कायर पनि बन्नु पर्दैन ।

कुनै पनि बिदेसिका युवाको रहर छैन,अरुको आकाश छुने विशाल महलहरु बनाइ रहदा आफ्नो देशको झुपडी जलेको पिडा हेरेर बस्ने । हाम्रो पिडा कस्ले बुझ्ने बुझेको छ ? हामी परिवारको लालन पालनको जिम्मेवारी बोध गर्नका लागि मात्र बैदेसिक रोजगारको लागि आएका हौ । म घमण्डका साथ भन्न सक्छु, यो देशको सत्ताँमा रहेका नेताहरुको भन्दा एक अशिक्षित बिदेसिएको नेपालीमा देशको माया बढि होला ।

विदेसिनु रहर होइन,बाध्यता हो

कस्लार्इ लहर होला ? आफ्नो बच्चा बच्ची छोडर बिदेशमा गएर अर्काका बच्चा स्याहार्ने, आफ्नो मुलुकको भविष्य कोर्न छाडेर अर्काको मुलुमा पसिना बगाउने । कस्लाई रहर होला,नेपाली चेलीहरुको पिडा टुलुटुलु हेरेर विदेशीको गुलाम बन्ने ? यो कुरा सिंहदरबारको बडेमान महलमा निदाएका नेताहरुले किन बुझ्दैनन ? आज देश बिदेसीको ऋणले चुर्लुम्म डुबेको छ, बैदेसिक रोगारीबाट आउने रेमिट्यान्सबाट सत्ताका मालिकहरुले यो देशमा रजाई गरिराखेका छन । तर उनीहरुले याद गरेका छैनन, मलेसियामा सेक्यूरिटी गर्दा गर्दै
कतिजना नेपालीको मृत्यु भयो ? बिदेसका जेलहरुमा अनाहकमा कडा जेल सजाय भोग्दै गरेका नेपाली युवाहरु कति छन ? के हालत होला तिनको र तिनका परिवारको ? यो कुरा नेपालमा भएको सरकारले कहिले बुझ्छ ?

कुनै पनि बिदेसिका युवाको रहर छैन,अरुको आकाश छुने विशाल महलहरु बनाइ रहदा आफ्नो देशको झुपडी जलेको पिडा हेरेर बस्ने । हाम्रो पिडा कस्ले बुझ्ने बुझेको छ ? हामी परिवारको लालन पालनको जिम्मेवारी बोध गर्नका लागि मात्र बैदेसिक रोजगारको लागि आएका हौ । म घमण्डका साथ भन्न सक्छु, यो देशको सत्ताँमा रहेका नेताहरुको भन्दा एक अशिक्षित बिदेसिएको नेपालीमा देशको माया बढि होला । अब सचेत युवा युवती निरास होइन उच्च मनोबलका साथ यो देशको जिम्मा लिन तयार हुनुपर्छ । पार्टीभित्र र बाहिरका सम्पुर्ण प्रकृयाहरुको सुधारका लागि अनि समाज परिवर्तनको लागि, संयुक्त अभियान संचालन गनुपर्छ । अन्यायको विरुद्ध आवश्यक परेमा न्यायको हतियार बोकेर उठ्नु पर्छ यो देशको लागि मुक्तिदाता बनेर एक पटक फेरी युवा उदाउनु पर्छ ।

( लेखक ओली हाल मलेसियामा कार्यरत रहेका छन । उनी  नेपाली जनप्रगतिशिल मोर्चा,मलेसियामा समेत क्रियाशिल रहेका छन । )