अधिकांश गाविसमा पुग्दैन आयो नुनः ढिके नुनकै भरमा जाजरकोटका नागरिक

आयोडिन नुन प्रति गलत धारणा

जाजरकोट,फागुन २१ । जाजरकोटको अधिकाँस स्थानिय वासिन्दाहरु गुणस्तरहीन नुन खान बाध्य छन् । सरकारी सहुलियतको आयोडिन युक्त नुन गाउ“मै नपुग्दा यहा“का स्थानीयहरु ढिके नुनमा निर्भर हुनुपर्ने बाध्यता छ । साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत सरकारले सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको आयोडिन युक्त नुन दुर्गम बस्तीमा नपाईने भएकाले ढिके नुन प्रयोग गर्न बाध्य भएको स्थानीय बताउ“छन् ।

अधिकांश गाविसमा पुग्दैन आयो नुन

जिल्लाका नायकवाडा,रामीडाडा,रोकायगाउ,सक्ला,खगेनकोट,रग्दा,भगवती, पजारु,दह,लगाएत १८ भन्दा वढी गाविसका स्थानीयले सहुलियतको नुन पाउना नसकेका हुन् । सरकारले उपलब्ध गराउने नुन ढुवानीको समस्याले गाउ“मा लैजान अप्ठेरो परेको हो । । यी गाविसबाट सदरमुकाम पुग्न २ देखि ५ दिन पैदल हि“ड्नुपर्छ । नुनकै लागि साता लामो यात्रा सम्भव नभएकाले वजारमा पाईने आयोडिन नभएको ढिके नुन ल्याएर प्रयोग गदै आएको नायकवाडा ७ का प्रेम शाहीले वताए ।

जाजरकोटका दुर्गम स्थानमा रहेका स्थानीयहरु रुकुम जिल्लाका राडी,चोरजहारी, जाजरकोटको कालीमटी,थलह,मोर्क लगाएतका ठाउँवाट ढिके नुन लिएर खाना वाध्य भएको भगवतीका तेजवहादुर सिंहले वताए । बजारमा ढिके नुन पर्याप्त मात्रामा बिक्री हुने गरेको नायकवाडा ७ का पृथ्वी विक्रम शाहीले वताए । सडक यातायातको सुविधा नपुगेका यी गाविसमा बर्षाको समयमा पैदल बाटो समेत बन्द हुने गर्छ ।

यो सडक जोड्न खलंगा–रिम्न हुदै भगवती सम्म सडक निर्माणधीन छ । ६० किमी सम्म ट्रयाक खोल्ने लक्ष्य पुरा भए पनि भेरी नदिमा पुल नभएकोले कारण पुर्वमा समस्य छ । उत्तरपुर्वमा भने सडक नै निर्माण गरिएको छैन । सदरमुकाम सम्म आयोडिन यूक्त नुन सहज रुपमा उपलब्ध हुँदै आए पनि गाउँसम्म पुग्दैन । सदरमुकाममा ९ रुपैया पर्ने आयोडिन यूक्त नुन जाजरकोटका केही बजारमा सिमित मात्रमा पाईने आयो नुन ३५ रुपैयामा किन्न पाईन्छ । तोकिएको मुल्य भन्दा चारभाग बढी भाडा पर्ने स्थानीय बताउँछन । यहाँका स्थानीयहरु साल्ट ट्रेडिङ कर्पोरेशन शाखा गाउमा विस्तार गरिए मात्र सवैका लागि आयोडिन यूक्त नुन खाना पाउने वताउँछन् ।

आयोडिन नुन प्रति गलत धारणा

ग्रामीण भेगमा वस्ने स्थानीयहरु आयोडिन यूक्त नुन प्रयोग गरेमा शरिर चिलाउने , शरिरमा दाग आउँने जस्ता गलत वुझाईका कारण वढी ढिके नुन प्रयोग गर्न बाध्य भएका छन् । पशुचौपायलाई जुम्रा पर्ने मानिसलाई आयोडिन यूक्त पोकाको नुन प्रयोग गरेमा शरिर चिलाउने गलत वुझाईले थप समस्य आएको पंञ्च भयार माविका शिक्षक वीरवहादुर खत्रीले वताए । आयोडिन यूक्त नुन प्रयोग गरेमा हुने फाईदाका विषयमा अधिकांश स्थानीयहरु जानकार नहुँदा यसको प्रयोगमा समेत बाधा पुगेको छ । गाउँ ,गाउँमा आयो नुनका विषयमा जनचेतना फैलाउन सकेमा प्रयोग गर्नेको संख्या बढ्ने जिल्ला स्वास्थ्य कार्यालयका रामवहादुर थापाले बताए । आयोडिन नुन प्रयोग गर्ने अधिकांश वजार क्षेत्र र सदरमुकाम संगै सदरमुकाम आसपासका क्षेत्रमा वसोवास गर्ने स्थानीयहरु रहेका छन् । उपभोग गर्ने मध्यले पनि सहि रुपमा उपभोग गर्न नजानेको पाईएको छ । आयोडिन नुन पोका भित्र बाट खोल्ने बित्तिकै बन्द भाडोमा राख्नुपर्ने हुन्छ । बन्द भाडामा राखेमा आयोडिन यूक्त नुन वाट आयोडिन उड्न नदिन यस्तो गर्ने गरिन्छ । तर यहाँका अधिकांश ठाउँमा पोका खोलेर खुल्लै राख्दा आयोडिन सवै उड्ने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।रासस