कांग्रेस,एमालेका १७५ जना नेता माओवादी केन्द्रमा प्रवेश

काभ्रे,फागुन २० । जनसभामा विभिन्न पार्टी परित्याग गरी १७५ जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज काभ्रेको कामिडाँडामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेकालाई स्वागत गरे छन ।

नवआगन्तुक नेता, कार्यकर्तालाई खादा र अबिर लगाएर प्रचण्डले स्वागत गर्दै भने–‘माओवादी देश र जनताको पार्टी हो, हामी नव आगन्तुक नेताहरुलाई स्वागत गछौं ।’

गमप्रसाद तिमिल्सिना, दुर्गाबहादुर तिमिल्सिना, सुकदेव दाहाल, स्वस्तान तामाङ लगायतका ७५ जना नेता, कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

त्यसैगरि बिरबहादुर वाइवा, नारायण सापकोटा, चुडामणि तिमिल्सिना लगायत ११० जना नेता कार्यकर्ता एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन।