विराटनगरमा बस पल्टिदा , सोह्र यात्रु घाइते

विराटनगर,फागुन,२० । मोरङमा शुक्रबार अपराह्न ३ बजे यात्रुवाहक बस पल्टिँदा १६ जना यात्रु घाइते भएका खबर प्राप्त भएको छ ।

पथरी–शनिश्चरे–२, जयचोकस्थित पूर्वपश्चिम राजमार्गमा सो घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको को१ख ४९८९ नंको बस पल्टिएपछि घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । । रासस