ट्र्याक्टर दुर्घटना, हुदा चालकको मृत्यु

रोल्पा,फागुन, २० । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसरी मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेका छन् ।

हिजो रोल्पाको घर्तीगाउँबाट माडिचौर आउँदै गरेको ना३त ६९८८ नंको ट्र्याक्टर कोर्चाबाङ–५ सिमखेतमा दुर्घटनाग्रस्त भएको थियो ।दुर्घटनामा परी घाइते भएका विकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको उनले बताए ।प्रहरीका अनुसार दुर्घटनामा परेको ट्र्याक्टर बाटोदेखि करिब ५० मिटर तल खसेको थियो । ट्र्याक्टरमा सवार सहचालक भने सकुसल रहेका छन् । अहिले ट्र्याक्टर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । रासस