निर्वाचनको कारण कक्षा ११ को परीक्षा सर्यो

भक्तपुर,फागुन, २० । सरकारले स्थानीय तनिर्वाचनको कारण कक्षा ११ को परीक्षा सर्योहको निर्वाचन बैशाख ३१ गते घोषणा गरेसँगै कक्षा ११ को परीक्षा प्रभावित बनेको छ । राष्ट्रिय परीक्षा बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष कुमार अर्यालले बैशाखमै स्थानिय तहको निर्वाचन हुने भएपछि कक्षा ११ को अन्तिम परीक्षा आगामी असारमा सारिएको बताए।

बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएपछि वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गरिने कक्षा ११ को परीक्षा तालिका परिवर्तन गरी असार १ गतेदेखि ११ गतेसम्म परीक्षा संचालन गर्ने बोर्डको निर्णय भएको अर्यालले बताए । बोर्डले कक्षा १२ को परीक्षा भने यथावत नै राख्दै वैशाख १० गतेदेखि २२ गतेसम्म संचालन गर्ने भएको छ ।