नारायणी नदी किनारमा एक महिला शव भेटियो

चितवन,फागुन २० । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । नारायणी नदी किनारस्थित गौरेश्वर मन्दिर नजिकै किनारमा उक्त शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

उक्त शव हिजो देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृत महिला करिब ३५ वर्षीकी छन तर उनको बारेमा अरु कुनै परिचय खुलेको छैन ।

हरपल नेपालसँग कुरा गर्दै चितवन प्रहरीले बतायो–‘उनको अहिलेसम्म पहिचान खुलेको छैन, अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा लगिएको छ । हामीले घटनाको बारेमा अनुसन्धान प्रकृया अघि बढाएका छौ ।’