चितवन मेडिकल कलेजका अध्यक्षमाथि आक्रमण गर्ने पक्राउ

चितवन,फागुन २०। चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा हरिश्चन्द्र न्यौपानेमाथि आक्रमण गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ ११ गते भएको सो घटनामा संलग्न भई फरार हुँदै आएका अभियुक्त चित्रवन नगरपालिका–३ चितवन बस्ने २४ वर्षीय भीमबहादुर तामाङलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

कलेज परिसरमा डा न्यौपाने चढेको बा १४ च ७५६४ नंको गाडीमा आक्रमण गर्दा गाडीको सिसा फुटेपनि डा न्यौपाने सकुशल थिए। खोतजलासका क्रममा बुधबार पक्राउ परेका उनलाई बिहीबार जिल्ला अदालत चितवनबाट ज्यान मार्ने उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।