स्याङजामा स्ववियुमा हार बेर्होन नसक्दा नेविसंघकी रिमा क्षेत्रीद्धारा आत्महत्या

प्रहरीले सुसाइड नोट समेत फेला पार्यो

काठमाडौं,फागुन १९। स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा हिजो भएको स्ववियु निर्वाचको मत परिणामले आफ्नो हार भएको जनाउदै नेविसंघकी नेतृले आत्महत्या गरेकी छन ।

उक्त क्याम्पसमा नेविसंघबाट सभापति पदमा उम्मेदवारी दिएकी २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् । उनी क्याम्पसको नियमित विद्याथीै समेत थिइन,तर निर्वाचनमा हार भएपछि उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार उनले फेदीखोला ९ डाँडागाउँस्थित आफ्नो घरको माथिल्लो तलामा सलले पासो लगाएर आत्महत्या गरेकी हुन ।

हरपल नेपालसँगको फोन संवादमा प्रहरीले उनको आत्महत्याको खबर पाएलगत्तै घटना स्थलमा पुगेर अध्ययन गर्दा त्यहाँबाट मृतक रिमा क्षेत्रीले लेखेको सुसाइड नोट समेत फेलापरेको बताएको छ ।

प्रहरीका अनुसार उक्त सुसाइड नोटमा उनले आफुलाई राजनीतिमा आफ्नो मन नभएको भएपनि चुनावमा हार बेहोर्नु परेका कारण आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ ।

उनले पहिलो पटक यसरी निर्वाचनमा भाग लिएको कारण हार बेहोर्न नसक्दा त्यस्तो निर्णयमा पुगेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । प्रहरीले उनको हत्याका विषयमा थप अनुसन्धानको प्रकृया जारी रहेको समेत बताएको छ ।