‘निर्वाचन स्थगित भएका क्याम्पसमा अब दुई बर्षपछि मात्र निर्वाचनः संयोजक,डां सुधा त्रिपाठी

देशभरी शान्तिपूर्ण रुपमा निर्वाचन भएको दावी

काठमाडौं,फागुन १९ । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष तथा स्ववियु केन्द्रीय निर्वाचन समितिका संयोजक प्रध्यापक डा. सुधा त्रिपाठीले त्रिविले घोषणा गरेको निर्वाचन सम्बन्धी कार्यसूची अनुसार निर्वाचन हुन नसकेका क्याम्पसहरुमा अब दुई बर्षपछि मात्र निर्वाचन हुने बताएकि छन ।

हरपल नेपालसंग कुराकानी गर्दै संयोजक त्रिपाठीले निर्वाचन हुन नसकेर स्थगित भएका त्रिविका आंगिक क्याम्पसहरुमा यस बर्ष निर्वाचन हुने कुनै सम्भावना नभएको दोहोर्याउदै दुई वर्षपछि मात्र स्ववियुको निर्वाचन हुने बताएकी हुन ।

डा. त्रिपाठीले भनिन–‘ निर्वाचन स्गगित भएका क्याम्पसहरुमा विद्यार्थी संगठनहरुबीच कुनै प्रकारको आन्तरिक सहमति कायम भएर स्वावियु निर्वाचन गराउने कुरा हुन सक्छ,तर त्रिवि निर्वाचन समितिले अब निर्वाचन गराउन समय खर्च गर्दैन । निर्वाचन सम्बन्धी विधी विधानमा यहि उल्लेख गरिएको छ ।’

उनले हिजो त्रिभुवन विश्व विद्यालय अन्तर्गत उपत्यकाका सात र उपत्यका बाहिरका १५ वटा आंगिक क्याम्पसमा निर्वाचन भएको र स्थानीय तहका केहि साना क्याम्पसहरुमा पनि हिजो त्यहाँको सापेक्षेतामा निर्वाचन गरिएको बताइन ।

उनले स्ववियू निर्वाचन आचारसंहिता विद्यार्थी नेता र संगठनका कारण पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको स्विकार गर्दै भनिन–‘जति स्थानमा निर्वाचन सम्पन्न भयो,त्यहाँ शान्तिपूर्ण रुपमा भएको छ । यसलाई हामीले निर्वाचनका सुखद पक्ष मानेका छौ ।’