‘सबैखाले शैक्षिक विकृति,विसंगतिहरुको अन्त्यका लागि,पिपल्स क्याम्पसबाट मेरो उम्मेदवारी’-सचिन भुर्तेल

‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आउनेमा विश्वस्त छौ।’

स्ववियु निर्वाचनको प्रचार प्रसारमा बेस्त विद्यार्थी नेता कार्यकर्ताहरु यतिवेला आ आफ्नो संगठन र उम्मेदवारलाई जीताउन घुडाँधसेर लागेको देखिन्छ । राजधानीको पकनाजोल स्थित पिलल्स क्याम्पसमा निर्धारित समय भन्दा ६ दिन ढिला गरेर निर्वाचन गर्ने तयारीमा नेताहरु लागेका छन । उक्त क्याम्पसबाट माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीबाट सभापति पदमा उम्मेदवारी घोषणा गरेका क्याम्पसका नियमित विद्यार्थी सचिन भुर्तेल पनि चुनाव जीत्ने लाइनमा सक्रिय रुपमा आफ्नो प्यानलको प्रचार प्रसार गरिरहेका देखिन्छन ।  बर्दियाको सानुश्रीका स्थायी घर भएका सचिन अखिल क्रान्तिकारीले देशैभरीबाट उम्मेदवार बनाएको मध्य सबैभन्दा कान्छो उमेरका सभापति पदका उम्मेदवार हुन । विविए पहिलो बर्षमा अध्ययनरत सचिनले हरपल नेपालका लागि गोबिन्द राज नाथ ले राखेका पाँच जिज्ञासामा आफ्नो सान्दर्भिक धारणा राखेका छन । पस्तुत छ,उनले व्यक्त गरेको धारणा….

तस्बिरः पिपल्स क्याम्पसमा अत्रिख क्रान्तिकारीबाट अध्यक्ष पदका उम्मेदवार सचिन,विद्यार्थी र संगठनका नेतासँग निर्वाचबारे छलफल गर्दै

१. पिपल्स क्याम्पसको स्ववियु सभापतिमा तपाईको उम्मेदवारी किन ?

आम विद्यार्थीहरुको विश्वासिलो र भरोसा गर्न लाएक संगठन अखिल क्रान्तिकारीले पिपुल्स क्याम्पसबाट मेरो नेतृत्वमा स्ववियु निर्वाचन प्यानल बनाउने घोषणा गरेको छ । हाम्रो संगठनले निर्वाचनको लागि उम्मेदवारी दर्ता गरिसकेको छ । अखिल क्रान्तिकारीले अघि सारेको विद्यार्थी हक,हित र अधिकारको कार्यक्रमहरुले शिक्षामा आमुल परिवर्तन गर्दै सिंगो समाज परिवर्तको यात्राको मार्ग दर्शन गराएको छ ।

हाम्रो संगठनले उठाएको एजेन्डाहरुलाई स्थापित गराउँदै क्याम्पसभित्र मौलाएको विकृति,विसंगति र सबै खाले शैक्षिक अवरोधहरुको अन्त्यका लागि हाम्रो संगठनको तर्फबाट मैले उम्मेदवारी दिएको हुँ । क्याम्पसभित्रका सबै समस्याहरुको उचित समाधान गर्दै नियमित पठन पाठनको राम्रो वातावरण बनाउन र स्ववियुको नाममा लुटको राजनीति गर्ने पुराना सोच भएका संगठनहरुको मान्यतालाई भत्काउदै स्ववियु विद्यार्थीहरुको हक,हितको लागि लड्ने साझाँ संस्थाको रुपमा विकास गराउनका लागि मेरो अखिल क्रान्तिकारीको तर्फबाट सभापति पदमा मेरो उम्मेदवारी हो ।

२. तपाईले चुनाव जित्ने आधारहरु के छन ? जीत्छु जस्तो लाग्छ ?

हाम्रो संगठनले लामो समयदेखि उठाउँदै आएको उमेरको हदबन्दी,समावेशी निर्वाचन प्रणाली,शैक्षिक सुधारको एजेन्डा अनि तोकिएको मितिमा निस्पक्ष ढंगको स्ववियु निर्वाचन लगाएतका धेरै मुद्धाहरु अहिले भैरहेको स्ववियु निर्वाचनमा लागु भएका छन,यसर्थ हाम्रो संगठनको नितिगत रुपमा विजय भै सकेको छ । जसको निति उसैको नेतृत्व भन्दै हामीले यतिबेला विद्यार्थीहरुसँग भोट माग्दै गएका छौ । यो नारा आफैमा ओजनदार रहेकोछ,र यसले हामीलाई विजयको दिशामा डोर्याएको छ,भन्ने हाम्रो विश्वास रहेको छ ।

अनि अर्को कुरा,चुनावमा नेतृत्व सहितको जीतका लागि हामीसँग क्याम्पस समितिमा रहेका क्रिायाशिल साथीहरु र आम विद्यार्थी साथीहरुको साथ,सहयोग र समर्थन रहेको छ । उहाँहरु सबैले मलाई अघि सारेको हुनाले मेरो उम्मेदवारी दर्ता भएको हुनाले निर्वाचनको परिणाम हाम्रो पक्षमा नै आउछ भन्नेमा म ढुक्क छु ।

३. स्ववियु निर्वाचनको प्रचार प्रसारमा लाग्नु भएको छ, तपाईले कस्ता एजेन्डा बनाउनु भएको छ ?

करिब दुई दशकको अन्तरालपछि हुन लागेको स्ववियु आम विद्यार्थीहरुको लागि एक महान र एतिहासिक अवसर पनि हो । विद्यार्थीहरुले सहि विचार बोकेको र सक्षम नेतृत्वलाई पहिचान गरेर आफ्नो भोट मार्फत प्रतिनिधि चुन्ने दिन आउदै गर्दा हामीले क्याम्पसमा रहेका तमामखाले समस्याहरुको समाधानमा आफ्नो मुख्य ध्यान केन्द्रीत गरेर केहि एजेन्डाहरु तयार गरेका छौ । जुन यस प्रकार रहेका छन ।

– विविए,विविएस बीचको असमानता हटाउदै कम शुक्कमा विविएस सेमिस्टर प्रणाली लागु गराउने ।

– विद्यार्थीहरु र कलेज प्रशासनबीच गतिशिल पुलको भूमिका निर्वाह गर्ने ।

– टाढाबाट पढ्न आउने विद्यार्थीहरुको लागि कलेज बसको पहल गर्ने ।

– लाइब्रेरीको व्यवस्थापनमा सुधार गर्दै बिना शुल्कमा प्रति विद्यार्थी कम्तिमा ५ वटा पुस्तक उपलब्ध गराउन पहल गर्ने ।

– क्याम्पसमा नियमित रुपमा अतिरिक्त शै्िर्रक्षक क्रियाकलापहरुको व्यवस्था गर्ने ।

– दलित,जनजाति,उत्पीडित वर्ग र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने ।

– सर्टिफिकेट धितो राखि शैक्षिक लोन र पार्ट टाइम जबको व्यवस्थको पहल गर्ने ।

– अवैज्ञानिक परिक्षा प्रणालीको सुधार गर्दै परिक्षा सैचालन,नतिजा प्रकाशन आदिलाई समयमै गराउन पहल गर्ने । बिना दस्तुर उत्तरपुस्तिका रि चेकिङको व्यवस्था लागु गराउन पहल गर्ने ।

– स्ववियुमा हुने अनियमितता,भ्रष्टाचारलाई मध्यनजर गर्दै पारदर्शी हिसाबले सबै खर्चको विवरण हरेक महिनाको अन्त्यमा प्रकाशित गर्दै स्वच्छ राजनीतिको सुरुवात गर्ने ।

४. तपाईले यि सबै कुरा भनिरहदा केन्द्रीय तहबाट निर्वाचनका लागि घोषणा भएको मितिमा निर्वाचन गराउन सकेको देखिएन,यसको कारण के ? कहिले हुन्छ पिलल्समा निर्वाचन ?

त्रिविले निकालेको निर्वाचनको कार्य तालिका अनुसार हाम्रो क्याम्पसमा निर्वाचन हुन सकेन,यो सत्य हो । पहिलो कुरा त हाम्रो क्याम्पसमा राजनीतिक चहलपहल कम हुन्छ र पढाईको काममा नै आम साथीहरुले ध्यान गएको देखिन्छ,त्यो कारण पनि क्याम्पसमा धेरै राजनीतिक दलहरुका विद्यार्थी संगठन निमार्ण सम्म भएको अवस्था छैन । अर्कातिर क्याम्पस प्रशासन आफैले निर्वाचनको लागि तातिने कुरा पनि भएन । यस्ता विविध कारणले हाम्रो क्याम्पसमा स्ववियु निर्वाचन केहि दिन पछि सर्न पुगेको हो ।

क्याम्पसमा कृयाशिल विद्यार्थी संगठनहरु र क्याम्पस प्रशासन लगाएतको संयुक्त बैठकले आउदो २४ गतेको लागि निर्वाचन मिति घोषणा गरेको छ । हामीहरुले हीजो संगठनको उम्मेदवारी समेत दर्ता गरिसकेका छौ । आज हाम्रो प्यानलको मतदाता नामावली तयार गरेर सार्वजनिक गर्ने तयारी गरेका छौ । निर्वाचन हुन्छ,रोकिदैन ।

५. अन्त्यमा, तपाईका प्रतिश्प्रधि विभिन्न संगठनका नेता लगाएत क्याम्पसका विद्यार्थीहरुलाई केहि भन्नुपर्ने छ कि ? मतदातालाई के भन्नु हुन्छ ?

तस्बिरः उम्मेदवार सचिन

म हाम्रो संगठन अखिल क्रान्तिकारी,पिपल्स क्याम्पस समितिको तर्फबाट आम विद्यार्थी साथीहरु अनि स्ववियु निर्वाचनमा विभिन्न संगठनबाट उम्मेदवारी दिनुहुने प्रतिश्प्रधि साथीहरुलाई सर्वप्रथम त हाम्रो संगठन स्वच्छ र निष्पक्ष स्ववियु निर्वाचनको पक्षमा रहेको अनुरोध गर्न चाहन्छु । त्यसका साथै हाम्रो संगठन विगतमा स्ववियुको नाम भजाएर,विद्यार्थी आन्दोलनका मागको अपमान गर्दै राजनीति गर्न पल्केकाहरुको विरुद्ध,स्ववियुमा आफ्नो उपस्थिती दर्ज गराउन लागेको उद्घोष गर्न चाहन्छु । हामी क्याम्पसभित्र र राज्यका हरेक स्थानमा रहेका विकारहरु हटाउने अभियान सहित लामो आन्दोलनको बीचबाट आएको हुदाँ समग्र शैक्षिक परिवर्तनको लागि अखिल क्रान्तिकारीको पक्षमा समर्थन गरेर सहयोग गर्न सबै विद्यार्थी साथिहरुसँग हार्दिक अनुरोध गर्दछु ।