तस्करीको सुन पक्राउ‍‍, मालिक दुबईमा

काठमाडौं,फागुन,१९ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पुस २१ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम सुनको मुख्य मालिक पहिचान गरेको छ ।

उच्च स्रोतका अनुसार दुबाईबाट सुन किनेर नेपाल पठाउने काममा संलग्न ८ जनाको पहिचान भइसकेको छ ।

जसमा दुबाई बसेर व्यापार गरिरहेका ६ नेपाली र नेपालमै बसेर व्यापार गरिरहेका दुई भारतीय नागरिक छन् । जसम्ध्ये गुल्मी स्थायी ठेगाना भएका रोशन भुसाल र काभ्रे स्थायी ठेगाना भएका हरिशरण खड्का रहेको स्रोतको दाबी छ ।

नेपालमा रहेका भारतीय व्यापारी भने तस्करीको सुन बुझ्ने र भारत पठाउने कामा सक्रिय थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।