कैलालीबाट नयाँ शक्ति विद्यार्थीले खाता खोल्योः एकल प्रतिस्प्रर्धामा प्यानल सहित विजयी

ठूला संगठनले आफु अनुकुल निर्वाचन गराएको संयोजक महतोको आरोप

कैलाली,फागुन १८ । नयाँ शक्ति विद्यार्थी युनियनले आज भएको राष्ट्रिय क्याम्पस कैलालीमा प्यानल सहित जीतेको छ । यो जीतसँगै नयाँ शक्ति विद्यार्थी युनियनले विजेता सूचिमा आफ्नो आफ्नो नाम लेखाउन सफल भएको हो ।

युनियनबाट राष्ट्रिय क्याम्पस कैलालीको अध्यक्षमा बालकिसुन चौधरी, सचिवमा सनकजंग मल्ल, कोषाध्यक्षमा अन्जु चौधरी निर्वाचित भएको निर्वाचन समितिले हरपल नेपालसँग बताएको छ ।

नयाँ शक्तिबाट विजेता हुन पुगेका चौधरीले ६८ मत ल्याएर अग्र स्थान कायम गर्दै जीतेका हुन । उनका प्रतिस्प्रधि संयुक्त प्यानलका अध्यक्ष पदका उम्मेदवार भविष्य बस्नेतले ५२ मत मात्र प्राप्त गरेका थिए ।
कैलालिको उक्त क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियन एक्लै चुनावी प्रतिस्प्रर्धामा उत्रिएको थियो भने,ठुला संगठनहरु नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएका थिए ।

नयाँ शक्ति विद्यार्थी युनियनबाट स्ववियु सस्यमा विवेकजंग बुढा,सुनिता चौधरी,धनमाया कुमारी दमाई,वीरेन्द्र चौधरी,सन्दीप चौधरी लगाएत निर्वाचित भएको नयाँ शक्ति विद्यार्थी युनियनले बताएको छ ।

ठूला संगठनले आफु अनुकुल निर्वाचन गराएको संयोजक महतोको आरोप

नयाँ शक्ति विद्यार्थी युनियनका संयोजक रमेश महतोले हरपल नेपालसँग कुरा गर्दै कैलालीको क्याम्पसबाट विद्यार्थीहरुले उदाहरणिय र उत्साहजन संन्देश दिएको बताएका छन । उनले स्थानीय स्तरका अभिभावक र विद्यार्थीहरुले सत्ताधर पक्षले गरेको विभेदलाई त्यहाँको स्ववियुको चुनावी प्रकृयाद्धारा विद्धोह गरेको प्रतिकृया दिएका छन ।

संयोजक महतोले ठूला संगठनहरुले स्ववियु निर्वाचन नौटंकिपूर्ण ढंगले गरेको आरोप लगाउदै भने –‘केहि ठूला संगठनहरुले आफु अनुकुलका क्याम्पसहरुमा पेलेर चुनाव गराएका छन । हामीले सोचेको जसरी निस्पक्ष र स्वतन्त्र ढंगले सबै क्याम्पसहरुमा निर्वाचन भएको छैन । हामी दुसित तरिकाले प्रतिस्प्रधा गर्न चाहन्नौ ।’