बर्दियाको मनुषा टिकासिंह क्याम्पसमा संयुक्त प्यानलका जीवन रिजाल विजयी

सचिवमा नेविसंघका गोपि तिमिल्सेना

बर्दिया,फागुन १८ । बर्दियाको भुरिगाउँ स्थित मनुषा टिकासिंह थापा बहुमुखि क्याम्पसमा आज भएको स्ववियु निर्वाचनबाट अध्यक्ष पदमा संयुक्त प्यानलका जीवन रिजाल विजयी भएका छन । उनी १०४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन ।

सभापति पदमा नेविसंघको तर्फबाट उम्मेदवारी दिएका खेम ढकालले भने ९६ मत मात्र प्राप्त गरेका छन । निर्वाचनमा कुल २०० मत खसेको निर्वाचन समितिले हरपल नेपाल संवादातालाई बताएका छन ।

हाम्रा संवादाताका अनुसार उक्त क्याम्पसमा स्ववियु निर्वाचनको लागि माओवादी केन्द्र र बैद्य माओवादी निकटको अखिल क्रान्तिकारीले एमाले अखिलसँग मिलेर संयुक्त प्यानल बनाएको थियो ।

सभापतिमा हार बेहोरेको नेविसंघले सचिवमा भने विजय हासिल गरेको छ । उक्त क्याम्पसको स्ववियु सचिवमा नेविसंघका उम्मेदवार गोपि तिमिल्सेना विजयी भएका छन ।