क्रान्तिकारीका उम्मेदवार रोशन थापामगर पुल्चोक इन्जिनियरिङबाट विजयी

सचिवमा अखिलका ओमप्रकास अधिकारी

काठमाडौं,फागुन १८ । आज भएको स्ववियु निर्वाचनमा पुल्चोक इन्जिनिययिरङ क्याम्पसमा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका उम्मेदवार रोशन थापामगर विजयी भएका छन् ।

क्रान्तिकारीबाट स्ववियु सभापतिमा विजयी भएका थापामगरले चार सय ९७ मत प्राप्त गरी बिजयी भएको निर्वाचन समितिले जनाएको छ । भने उनका प्रतिद्धन्दी अनेरास्ववियुका उम्मेदवारले चार सय ३५ मत प्राप्त गरेका थिए।

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा क्रान्तिकारीले विभिन्न स्थानहरुबाट आफ्नो बिजयी सुरुवात गरेको जनाएको छ ।

अखिल क्रान्तिकारीका सचिवालय सदस्य तथा क्षेत्र नम्बार तीनका सह इन्चाज डिबि साउदले आफ्ना उम्मेदवारको विजय भएको जानकारी गराउदै भने–‘हाम्रो संगठनले जीतेको छ । यसबाट देशैभरीका क्याम्पसमा अखिल क्रान्तिकारीको जीतलाई संकेत गरेको छ । हाम्रो संगठन एक नम्बरको हुनेमा हामी विश्वस्त रहेका छौ ।’

सभापतिमा अखिल क्रान्तिकारीको विजयी भएपनि उक्त क्याम्पसमा प्रत्यक्ष तर्फको सचिव पदमा भने अनेरास्ववियुका ओमप्रकास अधिकारी बिजयी भएका छन् । यो त्रिविको आंगिक क्याम्पसतर्फको पहिलो नतिजा हो ।