नेपालका लागि भारतको नयाँ राजदूतमा मन्जीवसिंह पुरी

रञ्जित रे आजै भारत फर्किने

काठमाडौं,फागुन १८ । भारतले नेपालका लागि तोकिएका राजदूत रञ्जित रेको अवधि समाप्त भएसँगै आज मन्जीवसिंह पुरीलाई नेपालको नयाँ राजदूतका लागि नियुक्त गरेको छ।

१९८२ ब्याचका पुरी अहिले ५८ वर्षका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पुरीको नाम अनुमोदनका लागि नेपाल सरकारलाई आधिकारिक पत्र आइसकेको छ।

नेपालका लागि नियुक्त हुनलागेका नयाँ राजदूत पुरी भारतका लागि बेल्जियमको राजदूतका रुपमा कार्यरत रहेका थिए । संयोगले राजदूत रे नेपाल छाड्नुभन्दा केही घन्टाअघिमात्र पुरीको नियुक्तिको औपचारिक प्रक्रिया सुरु गरेको छ।

नेपालका लागि भारतीय राजदूत रञ्जित रे तीन वर्षको कार्यकाल सकेर बुधबार नयाँ दिल्ली फर्किने कार्यक्रम तय भएको दूतावास श्रोतले बताएको छ ।