बसको ठक्करबाट मोटरसाइकल चालक माझीको मृत्यु

विराटनगर,फागुन,१८। यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी– ८ बस्ने २० वर्षीय खेलु माझीको आज मृत्यु भएको छ ।

माझी को ४ प २४९८ नंको मोटरसाइकलबाट गइरहेका समयमा टङ्कीसिनुवारी– ५ स्थित बाँसवारी चोकमा बिहान १०ः३० बजे विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख४९०९ नंको यात्रुवाहक बसले ठक्कर दिएपछि उनी घाइते भएका थिए ।

त्यसपछि उपचारका लागि न्युरो अस्पताल लाने क्रममा बाटामै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।बससहित चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । । रासस