राजविराजमा जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहको पर्चा सहित बम भेटियो

खोजीकार्य जारीरहेको प्रहरीको भनाइ

सप्तरी,फागुन १८। सप्तरी जिल्लाको राजविराजमा रहेको लक्ष्मी इङ्गलिस बोर्डिङ स्कुल परिसरभित्र आज विहान बम फेला परेको छ । राजविराज–५ स्थित रुपनी रोडको छेउमा रहेको उक्त विद्यालय हाताभित्र सकेट बम फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले हरपल नेपालसँगको फोन संवादमा उक्त बम रहेको जानकारी पाएलगत्तै सो स्थानमा प्रहरी पुगेर डिस्पोज गरेको जनाएको छ ।

सप्तरी जिल्ला प्रहरी कार्यालयका हवेल्दार निर्मल भट्टराईले भने–‘हामीलाई बम फेलापरेको बारेमा बिहान ५ः४० बजेतिर स्थानीयवासीहरुले फोन मार्फत खबर गर्नुभएको थियो । खबर पए लगत्तै बम राखिएको स्थानमा प्रहरी पुगेर त्यसलाई सुरक्षित रुपमा डिस्पोज गर्ने कार्य गरेको छ । बमका कारण कुनै मानविय तथा भौति क्षेती भएको छैन ।’

हवेल्दार भट्टराईका अनुसार उक्त बमलाई राजविराजस्थित कृष्ण गणबाट आएको नेपाली सेना, जिल्ला स्थित सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलिले निष्क्रिय पारेको छ । अहिले उक्त क्षेत्रको अवस्था सामान्य रहेको बताइएको छ । प्रहरीका अनुसार उक्त बमलाई जिल्ला स्थित संयुक्त सुरक्षा निकायको बम डिस्पोजल टिमले आज बिहान १०ः४० बजे सुरक्षित रुपमा डिस्पोज गरेको हो ।

बम फेला परेको ठाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहलेखिका कहि पर्चा समेत प्रहरीले फेला परेको छ । तर अहिले सम्म बम राखेको आरोपमा प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

बम राख्ने समूहको खोजीकार्य भै रहेको प्रहरीले जनाएको छ । यसअघि मङ्गलबार पनि राजविराज–९ स्थित पिसजोन बोर्डिङ स्कुलको छेउमा बम फेला परेको थियो ।