बर्दियाको कुसुम्बा बजार स्थित ‘हाम्रो वस्त्रालय’ मा आगलागी

लाखौ मुल्यको सामान जलेर नष्ट

बर्दिया,फागुन १८ । बर्दियाको एक कपडा पसलमा आगलागी हुदा लाखौ मुल्य बराबरको सामानहरु जलेर नष्ट भएको छ । हिजो बर्दियाको सानोश्री ताराताल नगरपालिका–६ स्थित कुसुम्वा बजारमा रहेको दिलबहादुर परियारको कपडा पसलमा आगलागी भएको प्रहरीले बताएको छ ।

परियारको ‘हाम्रो वस्त्रालय’ नामको पसमा आगलागी हुदाँ हुँदा करिब रु १५ लाख बराबरको आर्थीक क्षति भएको तर मानबिय क्षति भने नभएको प्रहरीले हरपल नेपालसँग बताएको छ ।

ताराताल प्रहरी कार्यालयका अनुसार आगलागीबाट काँचो कपडा, सिलाइ मेसिन लगायतका सामान नष्ट भएका छन । आगलागी के कारण भएको हो भन्ने विषय अझै खुल्न सकेको छैन ।

पसलमा लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा लिइएको थियो ।