दलहरुसँग संविधान संशोधन विधेयक पारित गर्नुको विकल्प छैनः देउवा

‘तोकिएको मितिमा तीनै तहको निर्वाचन गर्नुपर्छ’

काठमाडौं,माघ २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयक पारित गर्नुको विकल्प राजनीतिक दलहरुको अगाडि नभएको बताएका छन ।

सभापति देउवाले विहीबार प्रजातान्त्री विचार समाजद्धारा प्रकाशित पुस्तक ‘चिन्तन’काृ विमोचन कार्यक्रममा त्यस्तो बताएका हुन ।

सभापति देउवाले कायक्र्रमलाई सम्बोधन गर्दै भने–‘सबै दल मिलेर संविधान संशोधन विधेयक पारित गर्नु भन्दा अर्को विकल्प छैन । संविधानको संशोधन नगरि अगाडि बढेमा कार्यान्वयनमा चुनौती आउछ,त्यसैले संशोधनमा केन्द्रीत हुनुपर्छ ।’

देउवाले संविधानको स्वीकार्यता बढाउनमा ध्यान दिदै मधेसी मोर्चाले उठाउँदै आएको मागलाई कसरी पुरा गराउन सकिन्छ,त्यसको निकास निकालेर अघि बढ्नु पर्ने धारणा राखे ।

उनले संविधानको कार्यान्वयनको लागि संशोधनको प्रकृया महत्वपूर्ण रहेको बताए । कार्यक्रममा बोल्दै उनले भने–‘एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने सैवैधानिक छ । एमालेले प्रतिपक्षमा बसेकै कारण मुलुकलाई अनिर्णयमा राख्न मिल्दैन,संविधान संसोधन विधेयक पास गराएर दलहरु मिलेर अघि बढ्नुपर्छ ।’

उनले संविधानमा तोकिएको मितिमा तीनै तहको निर्वाचन गर्नपर्ने भन्दै त्यसको लागि सरकार तयारीमा जुटिरहेको समेत बताए ।