‘हट गायिका ज्योति मगरले आज मंच तताउने अनि दर्शकलाई नचाउने पक्का’

‘भुरिगाउँ महोत्सवमा ज्योति र शोभाको विशेष प्रस्तुति’

बर्दिया,माघ २० । बर्दियाको भुरिगाउँमा जारी ‘सुचना,प्रविधि तथा कृषि महोत्सवको’ आज सातौं दिन,नेपाली लोक गायिका ज्योति मगर चिसो मौषममा दर्शकहरु माझ हट प्रस्तुति लिएर आउदैछिन ।

आफ्नो साँगीतीक यात्राको सुरुवातदेखि नै अरु गायकहरुको भन्दा अलि फरक शब्द र शैलिमा गित गाउदैँ लाखौं श्रोता,दर्शकहरुको मन जित्न सफल ज्योति जहाँ पुग्छिन,त्यहाँ मंच नतातेको अनि दर्शक न नाचेको सुनिएको छैन । बर्दियाको भुरिगाउमा आफ्नो विशेष प्रस्तुति सहित आउन लागेकी ज्योतिले चिसो मौषमलाई हट र गर्मागरम बनाउने पक्का छ ।

त्यसो त ज्योति मगरको गित र शब्द मात्र हट हुदैन । उनको मंचमा देखिने कला,प्रस्तुति,ड्रसअप अनि चुलबुले बानी र फरक शैली सबैको संयोजनले उनलाई हट गायिको परिचय दिलाएको हो ।

ज्योति मगरका सुरुमा गाएका गितहरु ‘भन सोल्टी हो कसले,ढुम्सी काँडे जुँगा,आयुर्वेदीक औषधी,चढाउ छु फुल,कति भन्छन आइलभ यु,उहि मुलाको सिन्की उहि मुलाको चाना,जिम्मल बाउकी छोरी’ जस्ता गित गाएर आफ्नो चर्चा बटुलेकी थिइन ।

त्यसपछि उनले गाएका ‘साँढे गोरु,डिजेलाई डाकिन्छ यसपालिको तिजमा डिस्को नाचिन्छ, क्वाप्पै खान्छु म केरा काटेर’ बोलका गितहरु झनै लोकप्रिय बनेका छन । आज ज्योतिले बर्दियामा यिनै गितहरुबाट दर्शकलाई नचाउने छिन ।

ज्योतिले आजसम्म गायका गितहरु सबै दर्शकलाई नचाउने र मंच तताउने खालकै छन । यद्यपी उनका गितहरु कतिपय दर्शकहरुलाई मन पर्दैनन,कतिपयले उनलाई छाडा शैलिमा गित गाएको सम्म भन्ने गरेका छन,तर विशेष गरी युवा पुस्ताले भने उनको गितलाई अत्याधिक मन गराउने गर्दछन,लाखौ जना उनका फ्याननै रहेका छन ।

ज्योतिलाई अन्य स्थानमा जस्तै बर्दियाको भुरिगाउँमा उनका फ्यानहरुले मंच अगाडिबाट नाचेर अनि सिटी र तालीले समर्थन गर्छन वा उनलाई एक्लै मंचमा गित गाउन लगाउछन, त्यो भने हेर्न बाँकी नै छ ।

आज बर्दियाको उक्त महोत्सवमा ज्योति मगरका साथै शोभा त्रिपाठी लगाएत अन्य कलाकारहरु पनि आउने कार्यक्रम रहेको छ । आज चर्चित कलाकार आउने भएपछि त्यहाँका स्थानीय युवाहरु बिहानैदेखि कार्यक्रम स्थल वरपर जम्मा हुने क्रम जारी रहेको त्यहाँबाट हरपल नेपाल सहकर्मिले जनाएका छन ।

कार्यक्रक आयोजकले कलाकारको प्रस्तुति अवधिभरी सुरक्षाको राम्रो प्रबन्ध मिलाएको हरपल नेपालसँगको कुराकानीमा बताएको छ । अन्य दिनहरुको तुलनामा आझ धेरै मानिसहरु आउन आउने अनुमान गर्दै आयोजकले त्यस्तो तयारी गरेको बताएको छ ।

बर्दिया महोत्सवमा रेखा थापा पनि आउने

आयोजकले हरपल नेपालसँगको कुराकानीमा बर्दियामा जारी महोत्सवमा दर्शकको माग अनुसारका राष्ट्रिय कलाकारहरु ल्याउने आफ्नो कोशिस रहेको बताएको छ ।

महोत्सव आयोजक समितिका संयोजक युवराज अधिकारीले दर्शकको मागलाई ध्यान दिदै रेखा थापा,भुवन केसीलाई बोलाएको र उनीहरु आउने पक्का भएको बताए ।

उनले अन्य चर्चित कलाकारहरुलाई समेत महोत्सवमा ल्याउने कोशिस गरिरहेको भन्दै केहि महोत्सवलाई सफल पार्नका लागि आ आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन ।