पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी हिमानी साताव्यपी भ्रमणमा, आज थाइल्यान्ड जाँदै

काठमाडौं,माघ २० । पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी हिमानी आज थाइल्यान्ड भ्रमणमा जाँदै छन् । साताव्यपी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लागेका हुन् ।

उनीहरूभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड गएका थिए ।

एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएक पूर्वराजाको परिवार फेरि एक साताको भ्रमणको लागि थाइल्यान्ड जान लागेको ।

यो भ्रमण घुमघामको लागि मात्रै भएको निर्मल निवास स्रोतले जनाएको छ । त्यहा सपरीवार पूर्वराजा ज्ञानेन्द्र निस्केपछि भने राजनीतिक रुपमा निकै चासोका साथ हेरिएको छ । पूर्वराजाको भ्रमणको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।