कता छन निखिल उप्रेती ? दर्शकको माया बिर्से वा पिंजडामा अड्के ?

चलचित्र ‘पिंजडा’ ब्याक अगेनको घोषणा

काठमाण्डौ,माघ १९ । निखिल उप्रेतीको मुख्य भुमिका रहेको चलचित्र ‘पिंजडा’ ब्याक अगेनको घोषणा भएको छ । उक्त फिल्मको घोषणा भएपछी दर्शकहरुमाझ पुर्न निखिलको चर्चा चुलिएको पाइन्छ ।

उनले डेब्यु फिल्म पिंजडामा सात तल्ले घरबाट गरेको जम्पको पनि चर्चामा हुन थालेको छ । उनका प्रिय दर्शकहरुले एक पटक फरी राम्रो फिल्मको अाशा हरेका छन ।

निखिल कसरी आएका थिए चलचित्रमा

आफ्नो भविष्य खोज्न बलिउड पुगेका निखिललाई उनकै जिल्लावासी कलाकार पवन मैनालीले फिल्ममा ब्रेक दिएका थिए । सानो तिनो स्टनड गरेर स्कुले जीवनमै गृहनगर सर्लाहीमा आफ्नो अलग नाम त्यतिबेलै बनाइसकेका निखिललाई मौका पाएमा चलचित्रमा काम गर्न सक्छु भन्ने लागेको थियो तर अवसर पाएका थिएनन । यसैले गर्दा पनि हुन सक्छ पवनले उनलाई ब्रेक दिएका थिए ।

त्यहि मौकाको सदुपयोग गर्दै उनले सात तल्ले घरबाट जम्प मात्र गरेनन ,गुडी रहेको गाडीमा पनि स्टनड गरेका थिए । यसरि डेब्यु फिल्ममै सबैको ध्यान आफुतीर तान्न सफल निखिलले दोस्रो फिल्म मायाको जालमा पनि पुलको पाइपमा हिडेर चर्चा बटुका थिए । त्यसपछी एक्सन मन पराउनेको लागि उनि एक्सनस्टार नै भए । कतै केमियो त कतै फुल रोलमा भएता पनि उनको एक्सनको चर्चा बढि भएको पाइन्छ ।

काममा निकै लागाब राख्छन निखिल

हामीले नाम सुनेका निखिल उप्रेति त्यसै सबैका लोकप्रिय भएका होइनन् । उनी सुरुवातमा चललचित्र क्षेत्रको काममा सारै व्यस्त हुने गरेका थिए । उनी आफ्नो कामलाई पहिलो प्राथमिकता दिन्छन,काममा लगाब छ उनको ।

सुरुवातमा उनि यतिसम्म ब्यस्त भएकि दिनमै २ वटा फिल्मको समेत शुटिङ भ्याउथ्य । कति निर्माताले त पोस्टरमा उनको टाउको समेत बेचेका थिए । यसरी फिल्ममा ब्यस्त भइरहदा दोस्रो विवाह गरेका निखिल झन्डै ५ बर्ष भारतमा हराए ।

उनले त्यहाँ के गरे र गरेनन त्यो भन्दा पनि महत्वपूर्ण कुरा उनले नेपाली दर्शको मायालाई भने बिर्सन सकेनन र फर्केर फेरी चलचित्र जगतमै नयाँपन थप्ने कोसिस गरिरहेका छन ।

भैरव निकै चल्यो,लगानी उठेन

फिल्म भैरव मार्फत निर्देशक बन्न पुगेका निखिलको पहिलो निर्देशन पनि सफल नै भएको देखिन्छ । फिल्मको निमार्णको बेला उनको स्टारडम रहेको चर्चा भयो किनकी भैरवको ब्यापार त्यहि रुपमा देखिएको पनि थियो । तर फिल्मले लगानी उठाउन सकेन ।

त्यसपछी रिलिज भएका उनका फिल्मले निर्मातालाई मुनाफा त छाडौ लगानी समेत फिर्ता गराउन सकेको छैन । किनकी भैरव झैँ दर्शकको उपस्थिति उनको अन्य फिल्ममा देखिएको छैन तर निखिल पहिले कै रफ्तारमा ब्यस्त भने भैरहेकै छन । कहिले आरामले बसेको दिन छैन भन्छन उनका नजिकका मानिसहरु ।

पछिल्लो फिल्म किङ फ्लप भईरहदा भने निर्भय, राधे र पिंजडा ब्याक अगेन चर्चामा छन । भैरव आउदा एउटै फिल्ममा फोकस देखिएका निखिलको दर्शकहरुले भने राम्रो फिल्मको प्रतिक्षा गरिरहेका छन ।

उनले सोचे जस्तो मल्टिप्लेक्समा प्रवेश गर्न सकेका छैनन तसर्थ सिंगल स्क्रिनका दर्शकको मानसिकता केहि फरक भएकाले उनीलाई फेरि चर्चामा आउन भने अब गाह्रो हुने देखिन्छ । केहि मिडियाले त उनलाई दुइ दिने सुपरस्टार समेत भने ।

फिल्म नराम्रो भएपछी चल्दैन तर स्टारडमले इनिसियल बिजनेस प्रस्ट्याउछ । नेपालमा होम प्रोडक्सन भन्दा बाहिरको फिल्ममा कलाकारले पैसाको डिमाण्ड मात्र गर्न सक्छन बाकि निर्देशक र निर्माताकै अनुसार चल्नु पर्ने हुन्छ । तर आगामि दिनमा उनको सफलता कहाँ पुग्ला त्यो थाहा पाउन भने समय कुर्नैपर्ने हुन्छ ।