साउदीमा काम गर्ने र्पूव जनसेना भन्छन–‘पार्टीमा सक्रिय राजनीति गर्ने इच्छा छ,बिदेसिनुपर्ने अवस्थाको विकल्प खोज्न नेतृत्वसँग छलफल गर्छुु’

‘विप्लवले अघिसारेको एकिकृत जनक्रान्ति मुक्ति यात्रा हो’

काठमाडौं,माघ १९ । तत्कालीन नेकपा माओवादीले वर्गिय,जातिय मुक्तिको लागि भन्दै संचालन गरेको दश बर्षे जनयुद्धका लडाकुहरु शान्ति प्रकृयापछि परिवारको लालन पालन र दैनिक गुजारा गर्नको लागि वैदेशिक रोजगारीमा आफ्नो रगत पसिना बगाउदै आएका छन ।

शान्ति प्रकृयापछि पार्टीहरु टुटफुट हुने क्रमसँगै नेताहरु सत्ता केन्द्रित राजनीतिमा लागे । जनयुद्धमा सँग सँगै बन्दुक समातेका मध्ये केही मन्त्री भए त कोही पेटपाल्नका लागि खाडि मुलुक चाहर्न बाध्य छन ।

बाँकेको कोहलपुरका मान बहादुर सहकारी (देउवा) पनि बन्दुक बोकेर लडाइको मैदानमा होमिएका एक सिपाही हुन, उनी पूर्व जनमुक्ति सेनाको सातौं डिभिजनमा कार्यरत थिए । उनीले नेपालमा शान्ति प्रकृया पछि फोहरी राजनीति मौलाएको कारण रोजगारीका लागि बिदेसिनु परेको पिडा हरपल नेपालसँग पोखे ।

लामो समयसम्म साउदीको एक कम्पनीमा काम गर्दै आएका देउवाले खुशी हुदैं हरपल नेपालसँग भने–‘म नेपाल आउदैँछु । पार्टी नेतृत्वसँग बिदेशमा रहेका साथीहरुको दुख र यहाँको यातनाको विषयमा कुरा गर्छु । के कसरी हुन्छ नेपाली युवाको पसिना देश विकासमै लाग्नुपर्छ,त्यसको लागि पार्टीले के कस्तो निति बनाउर्दै छ ? म नेतृत्वसँग छलफल गर्न आउन लागेको छु । अब फेरि सक्रिय राजनीति गर्ने इच्छा जागेको छ ।’

उनले प्रचाण्ड सत्तालिप्सामा लागेको र आफु नजिककालाई बाहेक अरु योद्धाहरुको योगदान,बलिदानी सबै बिर्सेको भन्दै मुलुक बनाउन नयाँ खालको क्रान्तिको आवश्यकता आफुले देखेको बताए ।

विप्लवले नेतृत्व गरेको नेकपा माओवादीले अघिसारेको एकिकृत जनक्रान्तिको बाटोमा हिड्दै जनयुद्धबाट बाँकी रहेका मुद्धाहरु पुरा गर्न चाहेको उनले बताए । त्यसो त नेपाल छाडेर गएपनि नेपाली युवाहरु संगठित गर्दै उनले साउदीमा पनि आफ्नो राजनीतिक यात्रालाई रोकेका छैनन । उनी विप्लव माओवादीको प्रवास संगठन जनप्रगतिशिल मोर्चा साउदीका संयोजक हुन ।

साउदीबाट पार्टीको नेतृत्व गर्दै महाधिवेशनका लागि नेपाल आउने तयारी

पूर्व माओवादी लडाकु देउवा साउदी स्थित जनप्रगतिशिल मोर्चाले आफुलाई जिम्मेवारी दिएर पार्टीको महाधिवेशनमा जाने मौका दिएको भन्दै सबैप्रति खुशी भएको बताउँछन । उनी फेब्रुवरी ४ अर्थात माघ २२ गते स्वदेश फर्कने तयारीमा रहेका छन ।

कमाएको रकम घर खर्चमै ठिक्कै हुने भएको भन्दै उनले भने–‘साउदीमासँगै काम गर्ने साथीहरु र केही व्यापारीक सस्थाहरुले टिकट र अरु खर्चको लागि सहयोग समेत गर्नु भएको छ । मित्रहरुको सहयोगले असाध्यै खुशी भएको छु । उहाँहरुले दिएको जिम्मेवारीलाई पुरा गर्नेछु । पार्टी नेतृत्वसँग बैदेसिक रोजगारको अवस्था र यसका अन्त्य कसरी गर्न सकिन्छ , विकल्प के हुन सक्छ भन्ने विषयमा छलफल गर्ने योजना रहेको छ ।’