पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे प्रधानमन्त्रीले संविधानविदसँग परामर्श गरें

प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउने विधि बारे छलफल

काठमाडौं,माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे संविधानविदहरुसँग परामर्श गरेका छन ।

सत्तारुढ दलका प्रमूख नेताहरुको उपस्थितिमा आज प्रधानमन्त्रीले संविधानविदहरुसँग परामर्श गरेको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ ।

परामर्शमा प्रधानमन्त्रीले स्थानीय तह पूनर्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउने विधि र कानूनी व्यवस्थाबारे संविधानविदहरुसँग राय मागेका थिए ।

त्यस क्रममा संविधानविदहरुले सरकारले तोकेको मापदण्ड र कार्यदेश अनुसार सुझाव मात्रै पेश गर्ने अधिकार आयोगको भएकाले सरकारले आवश्यकताअनुसार प्रतिवेदन परिमार्जन गर्नसक्ने सुझाव दिएका दिएको बताइएको छ ।