भारतीय जनता पार्टीका नेताले भने–नेपालमा हिन्दु पुनर्बाहली गर्ने काम नेपाल र भारत दुबैको हो

हिन्दु राष्ट्र नेपाल भनेर गौरव गर्ने बाटो हराएको दाबी

काठमाडौं,माघ १९ । दैवीप्रकोप वयवस्थापन समाजले मंगलबारदेपख गौशालास्थित वनकालीमा नौदिने परोपकार विश्व शान्ति महायज्ञ सुरु गरेको छ । उक्त कार्यक्रमको पहिलो दिन करीब पाँच सय जनाले कलशयात्रा गरेको थिए ।

उक्त कार्यक्रममा पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश भट्टले संस्कृतका श्लोक वाचन गरेर महायज्ञ सुरुवात गरेका थिए । कार्यक्रममा विदेसबाट समेत सहभागी भएका थिए ।

कार्यक्रममा बा्ल्दै भारतीय जनता पार्टी झारखण्डका अध्यक्ष छत्रुराम महतोले कुनै हालतमा नेपालमा हिन्दुत्व बचाउनुपर्ने बताएको समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

उनले भने ‘विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाल भनेर गौरव गर्ने बाटो हराएको छ । अब यसलाई पुनर्बाहली गर्ने काम नेपाल र भारत दुबैको हो ।’