आठ बर्षदेखि बेपत्ता सरकारी डाक्टर अझै काममा फर्किएननः कहाँ गए कार्याललाई कुनै जानकारी छैन

कार्वाही नभएको प्रति सर्वत्र आसंका

काठमाडौं, माघ १९ । जाजरकोटमा कार्यरत एक स्वास्थ्यकमी आठवर्षदेखि बेपत्ता छन । जिल्ला अस्पतालमा छैटौं तहको स्वास्थ्य सहायकमा कार्यरत डा. धनिकलाल यादव २०६५ सालदेखि बेपत्ता हुन ।

केही वर्ष जिल्ला अस्पताल जाजरकोटमा सेवा गरेका डा. यादव ०६१ सालमा सुर्खेतको मेहेलकुनास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा काज सरुवा भएका थिए । जिल्ला अस्पताल जाजरकोटका अनुसार काज फिर्ता भएपछि पुनः भेरी अञ्चल अस्पताल नेपालगन्ज काज सरुवा गराएर गएका थिए ।

क्षेत्रका अस्पताल र विभागमा केही वर्ष काजमा बसेका डा. यादवको काज फिर्ता भएपछि ०६५ सालमा जिल्ला अस्पताल फर्किएका थिए । उनको घर सप्तरी हो ।

केही समय काम गरेर बेपत्ताा भएका यादव अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । कुनै पनि कर्मचारी बिना सूचना लगात ९० दिनसम्म सम्पर्कविहीन भए सेवाबाट बर्खास्त गरिने निजामती सेवा ऐनमा स्पष्ट व्यवस्था गरिएको छ तर कुनै पनि कार्यालयमा हाजिर नभएको आठ वर्ष बितिसक्दा पनि कारबाही हुन सकेको छैन ।

उनलाई कारबाहीका लागि स्वास्थ्य सेवा विभागले लोकसेवासँग परामर्श मागरे कारबाहीको स्पष्ट आधार भए पनि कारबाही हुन नसकेको विषमा आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएको छ ।