आज सरस्वती पूजाः विद्यालयहरु दुलहीझै श्रृगारिए,भक्तालुजन प्रफल्लीत

सिर्जना र कलाको सम्मानमा साझाँरुपमा पर्व मनाउनु पर्नेमा जोड

काठमाडौं, माघ १९ । आज हिन्दु संस्कार अनुसार मनाइने पर्व वसन्त पञ्चमी तथा सरस्वती पूजा गर्ने दिन हो । आजको दिन मानिसहरु बिहानै नुहाइ धुवाइ गरेर विद्या र सङ्गीतकी प्रतिरूप सरस्वति माताको पूजा आराधना गरी यो पर्व मनाइने गर्दछन ।

आजको दिन विहानै उठेर नुहाइ धुवाई र चोखोनितो गरेपछि सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव,सूर्य आदि देवताहरुको पूजा अर्चना सहित दिनभरी सरस्वतीको उपासना बस्ने परम्परा रहेको छ ।

वैदिक हिन्दू मान्यता अनुसनर आजबाट वसन्त ऋतुको शुरुवात हुने भएकाले जाडो मौषमको बिदाइ एवं मनोरम र न्यानोपनाको मौसम बसन्तलाई स्वागत गर्ने पर्वका रुपमा पनि यसलाई लिने गरिन्छ ।

आजका दिन श्रृजना अनि ज्ञानको प्रतिबिम्बका रुपमा विशेष गरेर विद्याकी देबी माता सरस्वतीको प्रतिमाका साथै हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुको समेत पूजा गर्ने परम्परा रहेको छ ।

हिन्दू संस्कारसँग जोडिएका अन्य पर्वहरुको जस्तै यस पर्वका पनि अत्यन्त धेरै ब्यवहारीक आयामहरु रहेका छन । मुलुकमा मनाइने विभिन्न खालका चाडपर्वहरु नेपालको पहिचार र अभिन्न अङ्ग पनि हुन ।

विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरेमा ज्ञान प्राप्त गर्न सकिन्छ भनि हिन्दु ग्रनथ ब्रह्मा भिभर्त पूराणुमा प्रष्ट रूपमा उल्लेख गरिएको छ ।

तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना समेत गरिने गरिएको छ ।
पछिल्लो समयमा सरस्वती देवीलाई हिन्दू धर्म या संस्कारसंग भन्दा पनि मानवहरुको विद्याप्रतिको आशक्तिकारुपमा हेर्न जरुरी हेर्ने गरिएको छ । आध्यात्मीक क्षेत्रका विज्ञहरुले हामी जुनसुकै धर्म या विश्वासको भएपनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिकारुपमा विद्यादेवी सरस्वतीलाई पूजा गर्ने,स्मरण गर्ने दिनका रुपमा आजको दिनलाई लिन सकेने बताएका छन ।

आज सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको पनि पूजा गरिन्छ । यस पर्वको सकारात्मक सन्देस भनेको कला र सिर्ननाको सम्मान गर्नुपर्छ भन्ने रहेको अध्यात्म तथा संस्कृती विदहरुको भनाइ रहेको छ ।

उनीहरुका अनुसार सर्जकहरु चाहे लेखक हुन या गायक वा ब्यूटिसियन,सुचिकार, घर बनाउने मिस्त्री,मुर्ती वनाउने मुर्तिकार वा देश बनाउने इन्जिीनियर र पढाउने शिक्षक आजको दिन सबैको कला,सिर्जना र प्रतिभाको सम्मान तथा मूल्याकन सहित पूजा हुन्छ ।

आज विद्यालयहरु दुलही झै श्रृगारिए,विद्यार्थीहरु प्रफल्लीत– पूजा,अर्चनाको तयारी गर्दै

विद्यालयहरुमा त आज विशेष रमझम रहन्छ, विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ रहन्छ ।

आज विद्याकी देबी सरस्वतीको पूजाको लागि प्राय सबै विद्यालयहरुमा पठन पाठनको काम हदैन तर विद्यालयका चौरमा पूजाको मण्डप तयार गरेर सामुहिक पूजा अर्चना गर्ने प्रचलन भने रहिआएको छ ।

आजको दिन विद्यार्थीहरु अत्यन्त खुशी र प्रभुल्ल भएका देखिन्छन । विद्यालय,घर र मन्दीर जता कतै पूजाको लागि रंगिचङगी तोरणले सजाएको हुन्छ,त्यसको रौनकताले चारैतिर प्रेम र सद्भाव बढेको पाइनछ ।
भने आजको दिनमा विद्यालयको दैनिक पोशाक विनानै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरुको लर्को आज धेरै विद्यालय परिसरमा देखिन्छ ।

आज नेपालभरिका धेरै मन्दिर अनि विधाको केन्द्र मानिने विधालयहरुमा सरस्वीको पूजाका लागि रंगिन पतका र बेलुनहरुले दुलही झै श्रृगार गरिएको पाइन्छ । सधैझै स्कुल ड्रेसमा आउनुपर्ने बाध्यता आज नभएकोले विद्यार्थीहरु पनि विभिन्न प्रकारका कपडामा सजिदै प्रफुल्लीत मुहारमा विद्यालय पुग्ने गर्दछन ।

सरस्वतीका साथै अन्य मन्दिरमा पनि बिहानैदेखि पूजा गरिदैँ

आज पशुपतिमा रहेको सरस्वतीको मुर्ति जसलाई वुद्धमार्गीहरुले मञ्जुश्रीका रुपमा पनि पूजा गर्दछन,त्यसै प्रतिमामा भक्तजनहरुले विशेष पूजा अर्चना गरिरहेका छन, त्यहाँ बाक्लो भिड रहेको छ ।

विहानै देखी देशभरका सरस्वती,गणेश,महादेव,लक्ष्मी,सूर्य लगाएता देवताहरुको मन्दिरमा भक्तालुको भिड लागेको खबर प्राप्त भएका छन । काठमाडौंका सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदि विहानैबाट भक्तालुको लाइन रहेको छ । साथै ति स्थानमा आजको दिन मेला समेत लाग्ने गर्छ ।

त्यसैगरी पश्चिम नेपागंजको वागेश्वरी,बर्दियाको ठाकुरबाबा,सुर्खेतको देउती बज्जै,दैलेखको मालिका,अक्षामको वन्डालि,पोखराको बाराहि र विन्दवासिनी,गोरखाको गोरख कालि, लगाएत देसका अन्य ठाउँमा रहेका सरस्वती तथा अन्य देबी,देबताहरुको पुजा गरिदै छ ।

मुस्लिम समूदायले सुफि बसन्तका रुपमा मनाउँछन

वसन्त पञ्चमीलाई मुस्लिम समूदायले सुफि बसन्तका रुपमा १२औ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्तावेज अनि मुसलमान किम्बदन्तीहरुमा पाईन्छ ।

दिल्लीका तत्कालीन फकिर निजामुद्धीनका भतिजा तकुद्धिनको असामहिक मृत्यूले निजामुद्धीन अत्यन्त मर्माहीत भएका थिए, सुफीका महान कवी अमिर फुस्रोले फकिरलाई खुशीपार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दैगएर फकिरलाई हसाँउन सकेको र यस दिनलाई सुफि बसन्त पनि भनिएको जनउक्तिहरु रहेको छ ।

त्यसपश्चात आजको दिनलाई निजामुद्धीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैं सुफि बसन्तका रुपमा मनाउन थालिएको हो । हामी जुनै धर्म या संस्कृती या विश्वाब भएका ब्यक्ति हौ तर विधा हामीसबैलाई आवश्यक छ , सिर्जना र सर्जकको कदर हामीसबैले गर्न जरुरी छ ।