क्रान्तिकारी पत्रकार संगठनले ९ जना पत्रकारलाई राष्ट्रिय सम्मान गर्ने

एक जनालाई कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं,फागुन १७ । नेत्र विक्रम चन्द विप्लव महाचिव रहेको नेपाल कम्युनिष्ट पार्टी निकटको क्रान्तिकारी पत्रकार संगठन,नेपालले आउदो चैत्रमा संगठनलाई स्थापित गर्न भूमिका खेलेका विभिन्न संचारमाध्यममा क्रिायाशिल पत्रकारहरुलाई राष्ट्रिय सम्मान गर्ने बताएको छ ।

क्रान्तिकारी पत्रकार संगठन,नेपालका अध्यक्ष प्रभात चलाउनेले हरपल नेपालसँगको कुराकानीमा संगठनले चैत्रमा संगठनको लागि योगदान पुर्याएका ९ जनालाई नगद राशी सहित सम्मान गर्ने योजना बनाएको बताएका हुन ।

अध्यक्ष चलाउनेले उक्त सम्मान कार्यक्रम अन्तर्गत संगठनमा योगदान पुर्याउने पाँच जना सहित अन्य एक जनालाई कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार र तीन जनालाई नगद राशी सहित सशक्त लेखन राष्ट्रिय पुरस्कार प्रदान गर्ने बताए ।

उनले क्रान्तिकारी पत्रकार संगठनले समाज परिवर्तमा जनताका समस्या र जनजीवनसँग सम्बन्धीत विषयमा पत्रकारलाई कलम चलाउन प्रोत्साहन गर्ने सोचले अन्य विभिन्न खालका कार्यक्रहरु पनि संचालन गर्ने बताए ।