प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी र मोर्चाको बैठक सम्पन्न

संयुक्त बैठक बस्ने समझदारी

काठमाडौं,फागुन १७ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेशी मोर्चा बीचको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आब्हान गरेको बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन र स्थानीय तहको संख्या निर्धारणका विषयमा कुराकानी भएको छ ।

राजनीतिक सहमतिबाटै अगाडि बढ्ने निष्कर्ष निकाल्दै बैठकले छिटै सरकारलाई समर्थन गर्ने दलहरुको संयुक्त बैठक बस्ने समझदारी भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छन।

उक्त बैठकमा माओवादी मोर्चा सम्बद्ध दलका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो । बैठक सकारात्मक अघिबढेको माआवादी केन्द्रकी प्रवक्ता भुषालले बताइएकी छन ।