पाटन संयुक्त क्याम्पसमा चुनाव स्थगित
प्रकासित मिति : २०७३ फाल्गुन १६, सोमबार
प्रकासित समय : २१:३३
ललितपुर,फागुन,१६ । पाटन संयुक्त क्याम्पस ललितपुरमा हुन लागेको स्ववियु निर्वाचन वैद्य र विप्लब निकट अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले गरेको तालाबन्दी गरेका कारण चुनाव स्थगित भएको छ ।
चुनावी प्रक्रिया अघि बढ्न नसकेपछि निर्वाचन समितिले चुनावी कार्यक्रम स्थगित गरिएको क्याम्पस निर्वाचन समिति आयुक्त जगदिशचन्द्र भण्डारीले सूचना निकालेका हुन ।
निर्वाचन समितिले विद्यार्थी संगठनलाई छलफलका लागि सोमबार बिहान ८ बजे बोलाएपनि विद्यार्थीहरु सहभागी नभएपछि चुनावी कार्यक्रम अघि बढाउन नसकिएको क्याम्पसका निर्वाचन आयुक्त जगदिशचन्द्र भण्डारीले बताए।