पिपुल्समा अखिल क्रान्तिकारीका कान्छा उम्मेदवार बर्दियाका सचिन

जीत सुनिश्चित रहेको दाबी

पिपुल्समा अखिल क्रान्तिकारीका उम्मेदवार-सचिन भुर्तेल

काठमाडौं,फागुन १६ । त्रिविको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि काठमाडौको पकनाजोल स्थित पिपुल्स क्याम्पसमा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले आफ्नो संगठनबाट सबैभन्दा कम उमेरका नेतालाई अघि सारेको छ ।

क्रान्तिकारीको पिपुल्स क्याम्पस समितिले स्ववियु निर्वाचनका लागि संगठनले देशभरी खडा गरेका उम्मेदवार भन्दा कम उमेरका सचिन भुर्तेलको नेतृत्वमा स्ववियु प्यानल सार्वजनिक गरेको हो । बिबिए पहिलो बर्षमा अध्ययनरत सचिन अहिले २० बर्षका भए । उनको स्थायी घर बर्दियामा रहेको छ ।

क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा क्षेत्र नम्बर तीनका सह इन्चर्ज डिबी साउदले हरपल नेपालसँग कुराकानी गर्दै भने–‘हाम्रो संगठनले आजसम्म देशभरीको स्ववियु निर्वाचन हुने क्याम्पसमा खडा गरेका उम्मेदवारहरु भन्दा सचिन जी कान्छो उमेरको उम्मेदवार हुनुहुन्छ । उहाँ अहिले २० बर्षको पुग्नु भएको छ । क्याम्पसको नियमित विद्यार्थी र हाम्रो संगठनको जुझारु नेता सचिनको हामीले वीजयी हुने विश्वास गरेका छौ ।’

उनले पिपु्ल्समा सचिनको नेतृत्वमा रहेको अखिल क्रान्तिकारीको प्यानलको जीत सुनिश्चित रहेको दाबी गरेका छन । उनको आम विद्यार्थीहरु माझ राम्रो सम्बन्ध भएको र क्याम्पसमा संगठनको प्रभाव समेत राम्रो भएको बताउदै नेता साउदले त्यस्तो दाबी गरेका हुन ।