अर्घाखाँचीको पाणिनी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

काठमाडौं,फागुन १६। त्रिभुवन विश्वविद्यालयको सम्वन्धन प्राप्त अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसमा गएराती सम्पन्न मतगणनाको नतिजा अनुसार माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका लक्ष्मण खड्काले नेतृत्व गरेको संयुक्त प्यानल विजयी भएको छ।

खड्का अखिल क्रान्तिकारी र नेविसंघ सहितको संयुक्त प्यानलको तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका थिए । उनले २६६ मत प्राप्त गरेका छन् । खड्काका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका वसन्त श्रेष्ठले १९६ मत प्राप्त गरेका छन् । उनले अखिल छैठौं सहितको संयुक्त प्यानलको नेतृत्व गरेका थिए ।

खड्का नेतृत्वको प्यानलवाट नेविसंघका बर्जना खनाल र घनश्याम पौडेल क्रमश सचिव र कोषाध्यक्षमा निर्वाचित भएका छन् । पाणिनी क्याम्पसमा कुल ६३२ मतदाता रहेकोमा ४६९ मत खसेको थियोे ।

यसअघि अखिल क्रान्तिकारीले विभिन्न १३ वटा क्याम्पसमा स्ववियु अध्यक्ष जितिसकेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले हरपल नेपालसँग बताएका छन्।