बालाजुमा सवारी दुर्घटनाः एकको मृत्यु,एक घाइते

घाइतेको उपचार हुदैँ

काठमाडौं,फागुन १६ । काठमाडौंको बालाजुमा आज बिहान ५ बजे फुलबारी गेटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

बालाजुस्थित फुलबारी गेट नजिकै आज बिहान ना ३ ख ६२१६ नम्बरको बसले बा ७२ ६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि उक्त दुर्घटना भएको हो।

उक्त दुर्घटनाबाट तार्केश्वरका ३५ वर्षीया गंगा फुयाँलको मृत्यु भएको छ , उनी मोटरसाइकलको पछाडि बसेका थिए । मोटरसाइकल चालक राजकुमार फुयाँल गम्भीर घाइते भएका छन् । घाइते फुयाँलको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ठक्कर खाएको उक्त मोटरसाइकल बसमा अड्कीएको छ र त्यसलाई सडकबाट हटाउने कार्य भै रहेको छ । अहिले त्यहाँ सडक अवरुद्ध भएको बताइएको छ ।