भर्खरै ४.३ म्याग्निच्युडको भूकम्पको गयोः रामेछाप केन्द्र बिन्दु

काठमाडौं,फागुन १६ । आज विहान ९ बजेर २० मिनेटमा भूकम्पको झड्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछाप केन्द्रबिन्दु बनाएर गएको भूकम्प ४.३ म्याग्निच्युडको थियो । उक्त भूकम्पबाट कुनै धनजनको क्षति नभएपनि लामो समयपछि भूकम्पको झड्का महसूस हुदा सर्वसाधरण नागरिकहरु भयभित भएका भएका छन ।

भूकम्प मापन केन्द्रका अनुसार आज गएको भूकम्पको केहि स्थानमा मात्र झड्का महसूस भएको छ । करिब दुई वर्ष अघि गएको विनाशकारी भूकम्पको पराकम्प आउने क्रम अझै रोकिएको छैन ।