योग्यता नपुगेका ड्राइभिङ स्कुललाई ट्रायल सेन्टर सञ्चालन गर्न नदिने

काठमाडौं,फागुन, १६ । सर्वोच्च अदालतले योग्यता नपुगेको सुजुकी ड्राइभिङ स्कुल प्रालिलाई ट्रायल सेन्टर सञ्चालन गर्न नदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २० को अनुसूची ३ विपरीत यातायात व्यवस्था विभाग र प्रालिबीच भएको सम्झौताले सवारी चालक अनुमति पत्र लिन चाहने सोवाग्राहीलाई थप आर्थिक भार पर्ने भएकाले तत्कालका लागि ट्रायल सेन्टर सञ्चालन नगर्न न्यायाधिश इश्वरप्रसाद खतिवडाको एकल इजलासले आदेश दिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।