उपत्यकामा दैनिक ६ लाखभन्दा धेरै सवारी साधन गुड्छन
बागमती अञ्चलमा नौ लाख २२ हजार नौ सय सवारीसाधन दर्ता
काठमाडौं,फागुन १६। काठमाडौं उपत्यकामा दैनिक ६ लाखभन्दा धेरैको संख्यामा सवारीसाधन गुड्ने गरेको यातायात व्यवस्था विभागको तथ्यांकले देखाएको छ । बागमती अञ्चलमा मात्रै नौ लाख २२ हजार नौ सय सवारीसाधन दर्ता भएका छन् ।
दर्ता भएकामध्ये अधिकांश सवारीसाधन उपत्यकाभित्र रहेका छन् । तथ्यांकअनुसार दर्ता भएकामध्ये ७० प्रतिशत सवारीसाधन दिनको एकपटक सडकमा निस्कन्छन् । यस आधारमा उपत्यकाभित्रका सडकमा मात्रै दैनिक ६ लाख ४६ हजार ३० सवारीसाधन गुड्ने गर्छन् ।
विभागका अनुसार उपत्यकाभित्र गुड्ने सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकलको संख्या रहेको छ ।
बागमती अञ्चलमा मात्रै सात लाख २२ हजार सात सय २२ मोटरसाइकल दर्ता भएका छन् । दर्ता भएकामध्ये अधिकांश मोटरसाइकल उपत्यकाभित्रकै सडकमा सञ्चालन हुन्छन् । विभागले उपत्यकामा बाहिर दर्ता भएका सवारीसाधन पनि सञ्चालन हुने गरेको जनाएको छ । तथ्यांकअनुसार ६० प्रतिशत सवारीसाधनको दर्ता उपत्यकाबाहिर छ । तर, विभागसँग उपत्यकामा भित्रिने सवारीसाधनको तथ्यांक छैन ।
कति छन बागमती अञ्चलमा दर्ता भएका सवारीसाधन ?
बस – १०,३७९ , मिनीबस – ९,८३५, ट्रक–मिनीट्रक – १८,९२९ , क्रेन, रोलर, एक्जाभेटर – ६,५३५
कार, जिप, भ्यान – १,२५,४३९, पिकअप – १७,१७०, माइक्रोबस – २,१२३, टेम्पो – २,५२८
ट्रयाक्टर – २,९०८, एम्बुलेन्स – ५४७, सिडी युएन – ३,७८७, मोटरसाइकल – ७,२२,७२२
जम्मा ९,२२,९००
यो समाचार आजको नयाँ पत्रिकामा दैनिकमा प्रकाशित छ ।