प्रधानमन्त्री र सार्क महासचिवबीच भेट

काठमाडौं ,फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सार्क महासचिव अर्जुनबहादुर थापाबीच भेट भएको छ । प्रधानमन्त्री प्रचण्डले थापाको कार्यकालमा अठारौ सार्क शिखर सम्मेलन नेपालमा भएको भन्दै उनलाई धन्यवाद ज्ञापन गरेका छन ।

आज दिउसो प्रधानमन्त्री कार्यालय शिंहदरवारमा सार्क महासचिव थापासँगको भेटमा प्रधानमन्त्रीले थापाको कार्यकालमा अठारौ सार्क शिखर सम्मेलन नेपालमा भएको तथा अन्य महत्वपूर्ण कार्यहरु समेत भएको भन्दै धन्यवाद व्यक्त गरेका हुन ।

भेटका क्रममा प्रधानमन्त्रीले सार्क महासचिव थापाबाट आगामी दिनमा पनि राष्ट्रका लागि आवश्यक योगदान प्राप्त हुने भन्दै उहाँप्रति आफुले विश्वास गरेको बताए ।

महासचिव थापाले आफ्नो कार्यकालमा प्रधानमन्त्रीबाट पाएको सहयोग र सदभावप्रति हार्दिक आभार व्यक्त गरेका थिए । सा उनको तीन बर्षे कार्यकाल यही फागुन १७ देखि पूरा हुँदैछ ।