आज मनोनयन दर्ताको अन्तिम दिनः त्रिविले सबै क्याम्पसमा लागेका ताला फुटाउने

सहमतिको प्रयास जारी

काठमाडौं,फागुन १५  । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि दोश्रो पटक सार्वजनिक गरेको कार्यतालिका अनुसार आज सात बजेसम्म मात्र उम्मेदवारी मनोनयन दर्ता गर्न पाइने बताइएको छ । त्रिवि पदाधिकारी र विद्यार्थी संगठनहरुको हिजो सम्पन्न बैठकले त्यस्तो निर्णय पाश गरेको हो ।

त्रिविले निर्धारण गरेको कार्यतालिका अनुसार निर्वाचनको मिति नजिकिदै गर्दा राजधानी लगाएत देशका केहि क्याम्पसहरुमा विभिन्न माग राख्दै विद्यार्थी संगठनहरुले आन्दोल गरिरहेका छन । अहिलेसम्म राजधानीका अधिकाशं क्याम्पसहरुले उम्मेदवारी समेत दर्ता गरेका छैनन । क्याम्पसमा लागेको तालाबन्दी समेत नखुल्दा विद्यार्थीहरु निर्वाचन हुने वा नहुने अन्यौलताको स्थितीमा रहेका छन ।

निर्वाचनको मुखमा आएर आन्दोलन गरिनु उपयुक्त नभएको भन्दै स्ववियु निर्वाचन गर्न गठित मुल समिति संयोजक प्रध्यापक डा. सुधा त्रिपाठीले हरपल नेपालसँगको कुराकानीमा कुनैपनि हालतमा निर्धारित समयमै निर्वाचन सम्पन्न गरिने बताएकी छन ।

त्रिविको रेक्टर समेत रहेकी निर्वाचन समिति संयोजक डा.त्रिपाठीले भनिन–‘केहि क्याम्पसहरुमा विद्यार्थीहरुले तालाबन्दी र आन्दोलनका गतिविधि गरेको भएपनिनिर्वाचन भने नरोक्ने त्रिविले निर्णय गरेको छ । त्रिविले १८ फागुनमै मतदान गर्ने तयारी गरेको छ । केहि क्याम्पसमा अरू तालिका मिलाएर चुनाव गर्न बैठकमा सहमति भएको छ ।’

उनले भनिन–‘१८ फागुनमा मतदान हुने गरी अरू कार्यतालिका मिलाएर,सहमति कायम गर्दै काम गर्न क्याम्पस प्रमुखहरूलाई अधिकार दिइएको छ । शनिबार स्थागित मनोनयन दर्ताको काम आज साझँ सात बजेसम्म तय गरिएको छ । निर्वाचन हुन्छ । हामी सबैलाई उम्मेदवारी दर्ता गराृन आग्रह गर्दछौ ।’

सोमबार अन्तिम नामावली प्रकाशन गरिने

निर्वाचन समिति संयोजक त्रिपाठीले आज बिहान विद्यार्थी संगठनहरुसँग ताला लगाएको विषयमा खोल्न र आन्दोलन रोकेर निर्वाचनमा जानका लागि आग्रह गरिने बताइन ।

उनले विद्यार्थी संगठनहरुसँग निर्वाचनको सहज वातावरण बनाउनका लागि आज अन्तिम प्रयाश प्रयास गरिने र भोलीदेखि कडा रुपमा अगाडि बढ्ने आफ्नो योजना रहेको बताइन । उनका अनुसार त्रिविले भोली अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

ताला नखोलेमा त्रिविले आफैले फुटाउन

रेक्टर त्रिपाठीले अन्तिम समयसम्म सहमतिको प्रयाश गर्दापनि विद्यार्थी संगठनहरुले निर्वाचनको वातावरण सहज गराउन सहयोग नगरेमा त्रिविको निर्णय अनुसार सुरक्षा व्यवस्था मिलाएर आफ्नो सक्रियता बढाउने बताइन । उनले निर्वाचनको विषयमा आन्दोलन गरिरहेका संगठनहरु सहमति कायम गरेर आउने विश्वास व्यक्त गरिन ।

उनले आज साझँसम्म सबै क्याम्पसहरुमा लागेको ताला खोल्नका लागि संगठनहरुसँग छलफल गरिने र नखुलेका स्थानमा भोली प्रशासनको सहयोग लिएर ताला तोडिने आफ्नो योजना सुनाइन ।

विभिन्न २२ क्याम्पसमा मनोनयन दर्ता

त्रिविका स्ववियु निर्वाचन हुने देशभरीका करिब ६० वटा आंङ्गिक क्याम्पसहरु मध्य अहिलेसम्म विभिन्न २२ वटा क्याम्पसहरुमा मनोनयन दर्ता भै सकेको छ । त्यस मध्ये ३८ वटा क्याम्पसहरुमा निर्वाचन हुने देखिएको छ । उपत्यकका २२ क्याम्पसहरु मध्ये अहिले सम्म ६ वटा जतिमा मात्र मनोनयन दर्ता भएको रेक्टर त्रिपाठीले बताएकी छन ।