सर्वसहमतिमा कानपुर क्याम्पसमा स्ववियु घोषणा

बनेपा, फागुन,१५ । काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने तिमालको कानपुर क्याम्पसमा शनिबार सर्वसहमतिमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु घोषणा भएको छ ।

नेपाल विद्यार्थी सङ्घ,अनेरास्ववियु, ,अखिल क्रान्तिकारीबीच भएको सहमतिअनुसार सो क्याम्पसमा अनेरास्ववियुकी सुनिता लामा, अध्यक्ष, उपाध्यक्ष मुना पौडेल, अखिल क्रान्तिकारी सचिव बबिता मैनाली ,अखिल क्रान्तिकारी सहसचिव सन्तोषी भण्डारी, अनेरास्ववियु र कोषाध्यक्ष अनिता तामाङ, नेविसङ्घ निर्वाचित भएको घोषणा गरिएको अनेरास्ववियुले जनाएको छ ।

त्यस्तै सदस्यमा समीक्षा मैनाली र निर्मला श्रेष्ठ निर्वाचित भएका छन् । जिल्लाका अझै १५ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । यही फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार काभ्रेपलाञ्चोकका अधिकांश त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । दुईवटा क्याम्पसमा विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद हुँदा उम्मेदवारी दर्ता स्थगित भएको छ भने एउटा क्याम्पसमा आज उम्मेदवारी दर्ता हुनेछ । रासस