विभिन्न कार्यक्रगरी स्वास्थ्य सेवा दिवस मनाइदैँ

काठमाडौँ,फागुन १५ । स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रमसाथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागेको छ ।

यसबर्षको स्वस्थ्य सेवा दिवसमा सरकारले ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका अघि बढाएको छ । सरकारले आज पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउने तयारी गरेको छ ।

स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीले केन्द्र, क्षेत्र, अञ्चल र जिल्लाहरु स्वास्थ्यसँग सम्बन्धीत संघ संगठनहरुद्धारा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर स्वास्थ्य सेवा दिवस मनाउन लागिएको बताए । सचिव उप्रेतीले दिवस मनाउन केन्द्र र जिल्लास्तरमा छुट्टाछुट्टै समिति बनाइएको जानकारी दिँदै केन्द्रमा मुख्य सचिवको संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको जनाए ।

मुख्य सचिवको संयोजकत्वमा गठित केन्द्रीय स्तरको मूल समारोह समितिले स्वास्थ्य मन्त्रालयमा कार्यक्रम गर्ने कार्यतालिका बनाएको छ । स्वास्थ्य दिवसले स्वास्थ्यकर्मीलाई काममा थप जिम्मेवार बनाउने र उनीहरू जनताप्रतिको स्वास्थ्य सेवामा प्रतिबद्ध भएर लाग्ने विश्वास गरिएको छ ।

आजको दिन विभिन्न ठाउँमा स्वास्थ्यकर्मी,सामाजिक संघ संस्था र सर्वासाधारणहरु मिलेर सरसफार्इ लगायतका विभिन्न कार्यक्रम सञ्चालन समेत गर्ने गर्दछन ।