युरोप जाने क्रममा ३६६ जनाको मृत्यु
प्रकासित मिति : २०७३ फाल्गुन १५, आईतवार
प्रकासित समय : ०८:२८
काठमाडौ,फागुन,१५ । सन् २०१७ को पहिलो ५२ दिनमा भुमध्यसागरबाट युरोप जाने क्रममा झण्डै ३६६ जनाको मृत्यु भएको छ ।
अघिल्लो बर्षको यही अवधिको तुलनामा यस बर्ष यसरी यात्रा गर्दा मृत्यु हुनेको संख्या घटेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार अघिल्लो बर्ष यस अवधिमा ४२५ जनाको मृत्यु भएको थियो ।
अन्तराष्ट्रिय आप्रवासी संगठन आईओएम का अनुसार यही फेब्रुअरी २२ सम्ममा समुन्द्री बाटो हुँदै युरोप जाने आप्रवासीको संख्या गत बर्षको भन्दा १३ हजार ९२४ कम रहेको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।