नेविसंघले स्ववियु निर्वाचनका गराउन कांग्रेससँग एक करोड माग्यो

रकम जुटाउन पार्टीका मन्त्रीको बैठक

काठमाडौं,फागुन १५ । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेविसंघले माउ पार्टी कांग्रेससँग एक करोड रुपैयाँ मागेको छ । उम्मेदवारी मनोनयन खर्च भन्दै संघका अध्यक्षले एक करोड मागेपछि सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीको बैठक बोलाएका थिए ।

बैठक सुरुमै मन्त्रीहरुले राजदूत सिफारिसप्रति असन्तुष्टि जनाउका थिए । आशा लामालाई कसको दबाबमा पार्टीले सिफारिस गरेको भन्ने प्रश्न मन्त्रीले गरेका थिए वाणिज्यमन्त्री रोमी गौचन थकालीले राजदूत सिफारिस गर्दा लामाबाट कति पैसा लिएको भनेर सभापतिसँग प्रश्न गरेको स्रोतको दाबी छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पनि राजदूत नियुक्तिका विषयमा असन्तुष्टि जनाउँदै पार्टीका तर्फबाट सरकारको नेतृत्व आफूले गरेपनि त्यसबारे जानकारी नपाएको गुनासो गरे ।

एकले अर्कालाई जानकारी नगराएको गुनासो सबै मन्त्रीबाट आएपछि सभापति देउवाले स्ववियु निर्वाचनमा आर्थिक संकलनको विषय प्रवेश गराएका थिए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।