निर्वाचन आयोगले आर्थिक प्रतिवेदन नबुझाउने ३० दललाई १०० रुपैयाँ जरिवान

काठमाडौं,फागुन,१५। निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानूनअनुसार आयव्यय बिबरणको बार्षिक प्रतिवेदन पेश नगर्ने तीस राजनीतिक दललाई सय रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा १६ अनुसार ती राजनीतिक दललाई जरिवाना तिराउने तयारी भएको छ । दललाई जरिवाना तिर्न सात दिनको समय दिइएको छ ।

आयोगको शुक्रबार बसेको बैठकले स्पष्टीकरण पेश गर्न समयदिइएकोमा निर्धारित म्यादभित्र स्पष्टीकरण नबुझाउने ११ र चित्तबुझ्दो स्ष्टीकरण नबुझाउने १९ दललाई १ सय रुपैयाँ जरिवाना तिराउने निर्णय गरिएको हो ।यो समाचार आजकोगोरखापत्र दैनिकमा प्रकाशित छ ।