निर्वाचन गराउन सरकार प्रतिवद्धः मन्त्री गुरुङ

मोरङ,फागुन १४ । श्रममन्त्री सूर्यमान गुुरुङले संविधान संशोधन र स्थानीय निकाय निर्वाचनको प्रक्रियासँगै अघि बढेकाले मुलुकमा देखिएको समस्याको निकास चाँडै निस्कने बताएका छन ।

विराटनगर विमानस्थलमा संञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले स्थानीय निकायको निर्वाचनमा सहभागी हुने विषयमा मधेसीवादी दलसँग भइरहेको वार्ता सकारात्मक रहेको बताए ।

मन्त्री गुुरुङले भने “निर्वाचनमा सबैको उत्साहजनक सहभागिता हुन्छ, मधेसी मोर्चालाई सहमतिमा ल्याएर निर्धारित मितिमा स्थानीय निर्वाचन गराउन सरकार प्रतिवद्ध छ ।”

लामो समायदेखि स्थानीय निकायका निर्वाचन नहुँदा जनतामा नैरश्यता छाएकाले अब कुनै पनि हालतमा निर्वाचन नरोकिने र तोकिएकै मितिमा निर्वाचन हुनेमा उनले जोड दिए । रासस